बिहार: बेगूसरायमा भीषण आगलागी, तीन सयभन्दा धेरै घर जल्यो

फोटो स्रोत; सोसियल मिडिया

बेगूसराय: बेगूसरायको मटिहानी प्रखण्ड क्षेत्रस्थित सिहमा पथला टोलामा भीषण आगलागीमा अबेर राति लगभग तीन सय घर जलेर खरानी भएको छ। घटनामा कसैको ज्यान गएन, तर करोड़ौंको सम्पत्ति जल्यो। घटना पाएलगत्तै अग्निशमन विभागको टोली आगो निभाउनमा जुट्योl मटिहानी विधायक समेत अन्य जनप्रतिनिधि तत्काल राहत पुऱ्याउनका लागि तिरपाल एवं भोजनको व्यवस्था गर्नमा जुटेका छन्।

राति राम नन्दन शर्माको घरमा महिलाहरूले खाना पकाएर आगो चूल्हामै छोड़ेका थिए, यही अवधिमा अबेर राति आएको हावाहुण्डरीले आगो अझ् सल्क्यो र पछि विकराल रूप लिएको बताइँदैछ। स्थानीय मानिसहरूले अग्निशमन विभागलाई सूचना दिए। बरौनी रिफाइनरीबाट पनि दमकल आयो। लगभग चार घण्टाको अथक प्रयासपछि आगो निभाइयो। तर तबसम्म लगभग सय परिवारको सबैकुरा जलेर खरानी भइसकेको थियो। आगलागीमा धेरै ग्यास सिलेन्डर विस्फोट हुँदा आगोले अझ् भयानक रूप लियो। घटनामा अनाजलाई भारी क्षति पुगेको छ।

घटनाको सूचना पाउनसाथ त्यहाँ पुगेका मटिहानी विधायक राजकुमार सिंहले सबै अधिकारीहरूलाई यसको सूचना दिए तथा घटनास्थलमा क्याम्प गरिरहेका छन्। गाउँलेहरूले भीषण गर्मीलाई ध्यानमा राखेर प्रशासनिक स्तरमा अस्थाई रूपमा तत्काल घामबाट जोगिने र भोजनको व्यवस्था गर्ने माग गरेका छन्। अहिले मानिसहरूले आफ्नो जलेको घरहरूको खरानीमा बाँचेको समान खोजिरहेका छन्। -हिस  

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *