‘मोचा’ बाट बाँच्यो पश्चिम बङ्गाल, म्यान्मारमा मचायो विनाश

00-1-Cyclone-1

कोलकाता: बङ्गालको खाड़ीमा उठेको चक्रवात ‘मोचा’ को कहरबाट पश्चिम बङ्गाल त बाँच्यो, तर यसले म्यान्मारमा विनाश मचाएको छ। आइतबर अबेर राति चक्रवात म्यान्मारको सीतवे समुद्र तटमा ठोकियो। यस अवधि तीन जनाको मृत्यु भयो। २१० किलोमिटरभन्दा अधिकको वेगले चलेको हावा-हुण्डरीले सयौंको संख्यामा घर र रूखहरू ढलेका छन्। यस कारण यातायात, बिजुली आदि आपूर्ति बाधित भएको छ।

चक्रवात बङ्गलादेशको कक्स बजार समुद्र तट छेउ पुगेको छ। आज दिउॅंसोसम्म ल्याण्डफल हुनेछ। मौसम विज्ञान विभागका अनुसार, चक्रवात अब निम्न दबावमा परिवर्तित बनिरहेको छ। यस कारण बङ्गलादेशमा ज्यानमाललाई धेरै क्षति हुने छैन। चक्रवातको प्रभावले पश्चिम बङ्गालको समुद्र तटीय क्षेत्र पूर्व अनि पश्चिम मेदिनीपुर, दक्षिण र उत्तर २४ परगनामा तीव्र हावा चल्नुका साथै रातिदेखि पानी पनि परिरहेको छ। कोलकातामा पनि केही क्षेत्रहरूमा हल्का पानी परिरहेको छ। बिहार र झारखण्डका मानिसहरूले अबेर राति आँधी-तूफान झेल्नु पऱ्यो। -हिस   

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *