विधायक जिम्बामार्फत क्यान्सर रोगी सन्ध्या गुरुङलाई आर्थिक सहयोग

IMG_20230515_151232.jpg

दार्जिलिङ: दार्जिलिङ विधानसभा क्षेत्रका विधायक निरज जिम्बाले आफ्नो विधानसभा क्षेत्रका बिरामीहरुलाई उपचारको निम्ति मुख्यमन्त्री राहत कोषबाट आर्थिक सहयोग प्रदान गरिरहेका छन्। यसैक्रममा लेबोङ भेल्ली मध्य हर्सिङ हट्टा निवासी श्रीमती सन्ध्या गुरुङ क्यान्सर रोगले पीडित रहेकोले उपचारको निम्ति आर्थिक सहयोगका लागि विधायक निरज जिम्बालाई अपिल गरेकी थिइन्। तिनको अपिललाई स्वीकार्दै आवश्यक कागज पत्र सहित मुख्यमन्त्री राहत कोषको निम्ति पत्राचार गरिदिएपछि पीडित सन्ध्या गुरुङले एक लाखको आर्थिक सहयोग प्राप्त गरेकी छन्। यस सहयोगको निम्ति पीडित परिवारले विधायक निरज जिम्बाप्रति आभार व्यक्त गरेका छन्। पीडित सन्ध्या गुरुङ हाल पुणेको सहयाद्री सुपरस्पेशालिटी अस्पताल हडसापुरमा उपचाराधिन अवस्थामा छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement