गान्तोक। सिटिजन एक्सन पार्टीले एक प्रेस बयान जारी गरेर गत १२ मईको दिन पार्टीका प्रमुख संयोजक गणेश राईले पशुपालन एवं बागवानी विषयमा बोलेको कुरालाई मुद्दा बनाएर सामाजिक संजालमा छवि धमिल्याउने काम भइरहेको उल्लेख गरेको छ। यस विषयमा सिक्किम भेटनेरी एसोसिएशन र सिक्किम राज्य भेटनेरी काउन्सिलका इमानदारी कार्यशैलीमा पार्टीका संयोजक राईले आफ्नो बयानमा आरोप नलगाएर सरकारको सिस्टम ठिक छैन भन्ने कुरामा प्रमुखता दिएको हो भनू स्पष्टिकरण दिएको छ। सम्बन्धित विभागले गाउँमा काम गरेको छैन भन्ने होइन तर कर्मचारीहरुलाई सुख सुविधा प्रशस्त छैन भन्ने हो भनी उल्लेख गरेको छ। कृषिजन्य क्षेत्रमा प्रभावकारी सुविधा छैन भन्ने हो भन्दै पार्टीले विभागका फिल्ड कर्मचारीहरुलाई नियमित रुपमा नियुक्ति दिएर गाउँको कृषि फसल र कृषकलाई प्रभावकारी बनाउनुपर्छ भन्ने रहेको ठहर गरेको छ। सम्बन्धित विभागका फिल्ड अफिसरहरु बढी मात्रामा गाउँमा जानुपर्छ भन्ने पार्टीका प्रमुख संयोजक राईले भन्न खोजेको असली कुरालाई ध्यानाकर्षण गरियोस् भन्दै पार्टी प्रेस विज्ञप्ति जाहेर गरेको बताइएको छ।