गान्तोक। गान्तोकस्थित जिल्ला पञ्चायत भवनको सम्मेलन हलमा केन्द्रीय शिक्षा राज्यमन्त्री, डा सुभाष सरकारले केन्द्र सरकारका विभिन्न योजनाहरूबारे समीक्षा बैठक बोलाए। केन्द्रीय प्रायोजित योजनाहरू र भारत सरकारको प्रमुख कार्यक्रमहरू अन्तर्गत लागू गरिएका परियोजनाहरूको प्रगतिको समीक्षा गर्न राज्यमन्त्री सिक्किममा छन्। आजको बैठकमा सिक्किम सरकारका शिक्षा मन्त्री कुङ्गा निमा लेप्चा, विधायक गान्तोक वाईटी लेप्चा, शिक्षा विभागकी सचिव सुमिता प्रधान, गान्तोकका जिल्लापाल तुषार निखारे, एडीसीहरू र जिल्लाका विभिन्न अधिकारीहरू, विभिन्न विभाग प्रमुखहरूको सहभागिता थियो। कार्यक्रममा विभिन्न विभाग तथा संघसंस्थाका प्रतिनिधिहरुले पावर पोइन्ट प्रेजेन्टेशन मार्ङ्गत विभिन्न कार्यहरुको अवस्थाबारे जानकारी लिए। शिक्षा विभागद्वारा लागू शिक्षा र प्रधानमन्त्री पोशन शक्ति निर्माण, जननी सुरक्षा योजना प्रधान मंत्री जन आरोग्य योजना र आयुष्मान भारत स्वास्थ्य योजना जल जीवन मिशन अटल मिशन ङ्गर रिजुभेनेशन एण्ड अर्बन ट्रान्सङ्गर्मेसन र राष्ट्रिय नदी संरक्षण र विकास योजनाबारे जानकारी दिइयो। सिक्किममा राष्ट्रिय राजमार्ग र पूर्वाधार विकास निगम लिमिटेडको वर्तमान र आगामी परियोजनाहरू- ग्रामीण विकास विभाग द्वारा लागू प्रधानमंत्री ग्रामीण सडक योजना पावर ग्रिड कर्पोरेशन अङ्ग इन्डिया लिमिटेडद्वारा सिक्किममा लागू गरिएका परियोजनाहरू, राष्ट्रिय खाद्य सुरक्षा ऐन २०१३, महिला तथा बाल विकास विभागद्वारा लागू गरिएको एकीकृत बाल विकास सेवा कार्यक्रम, केन्द्र सरकारका विभिन्न योजनाका लाभार्थीहरूसँग अन्तरक्रियात्मक सत्र पनि आयोजित गरिएको थियो। डा सरकारसँगको वान टु वान अन्तर्क्रियामा, लाभार्थीहरूले अनुभवहरू साझा गरे।
जिल्लापाल तुषार निखारेले जिल्लामा आईसीडीएस कार्यक्रमहरूको संक्षिप्त अपडेट दिए र योजना अन्तर्गत कोष बढाउन अनुरोध गरे। त्यसैगरी, जिल्लामा एनएचआईडीसीएल र पावर ग्रिड परियोजनाहरूको सम्बन्धमा थप रकमको लागि अनुरोध गरे। केन्द्रीय राज्यमन्त्रीले थप सहयोग गर्ने आश्र्वासन दिँदै यसका लागि राज्य सरकारलाई प्रस्ताव पेश गर्न आग्रह गरे। केन्द्रीय राज्यमन्त्री डा सुभाष सरकारले भ्रमण र त्यसपछि लाभार्थी र सहभागीहरूसँगको अन्तरक्रियाबाट खुशी व्यक्त गरे। उनले राखिएका समस्या र गुनासोलाई स्वीकार गर्दै विभिन्न तहका जनतासँग सम्पर्कमा रहन र समस्या समाधानका लागि काम गर्न लाइन विभागका अधिकृतलाई आग्रह गरे।
शिक्षा मन्त्री कुंगा निमा लेप्चाले आफ्नो सम्बोधनमा लाभार्थीहरूसँग व्यक्तिगत रूपमा कुराकानी गर्न सिक्किम भ्रमण गरेकोमा राज्यमन्त्रीलाई धन्यवाद दिए।