आईपीएल २०२३: ६ विकेटले जीतको साथ प्लेअफ्-को रेसमा कायम रह्यो केकेआर

IMG-20230514-WA0293.jpg

१४ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ६१औं म्याचमा कलकत्ता नाइट राइडर्स (केकेआर)-ले एमएस धोनीको कप्तानीमा रहने चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गऱ्यो। यस जीतपछि १३ वटा म्याचमा १२ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलको सातौं स्थानमा रहने केकेआर-ले प्लेअफ्-मा खेल्ने सम्भावनालाई कायम राख्यो। यसरी चेन्नई सुपर किंग्स १३ वटा म्याचमा १५ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहेको छ। चेन्नईको एमए चिदाम्बरम स्टेडियममा खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै चेन्नई सुपर किंग्सले २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनायो। शीर्ष क्रमको चरम असफलताबीच शिवम दुबेले अविजित ४८ रन बनाए। उनले ३४ बल खेलेर ३ वटा छक्का र एउटा चौका लगाए। यसबाहेक डेवोन कन्वेले ३० र रविन्द्र जडेजाले २० रनको योगदान दिए। केकेआर-का बलरहरूमा वरुण चक्रवर्ती र सुनिल नारेनले २-२ विकेट लिए। जवाफमा केकेआर-ले १८.३ ओभरमै ४ विकेट गुमाएर १४७ रन बटुल्दै सजिलै म्याच जित्यो। कप्तान नितिश राणाले ६ वटा चौका र एउटा छक्काको साथ अविजित ५७ रन बनाए। यसबाहेक रिंकू सिंहले ४ वटा चौरा र ३ वटा छक्काको साथ ४३ बलमा ५४ रन बनाए। यी दुईले चौथो विकेटको निम्ति ९९ रनको पार्टनरशीप गरी टीमलाई जीत दिलाए। चेन्नईका बलरहरूमा दीपक चाहरले सर्वाधिक ३ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *