न्त्री भीम हाङ सुब्बाले गरे सरगम ग्राम सुधार समाज भवनको उदघाटन

IMG-20230514-WA0290.jpg

गान्तोक: सरगम ग्राम सुधार समाजको नवनिर्मित एक तले भवनको विधिवत उद्घाटनसँगै समाजको ४१ औं वर्षगाठ पालन गरियो। गेजिङ जिल्ला अन्तर्गत याङ्थाङ क्षेत्रको लिङ्चोममा वर्ष १९८२ मा स्थापना भएको सर्गम ग्राम सुधारले एक निजि भवन निर्माण गरि स्थापना दिवसको अवसरमा स्थापना भएको हो। विभिन्न जाती समुदायमा बसोवासो गर्दै आएता ७ सय भन्दा अधिक जनसंख्या रहेको यस समाजले भवन उदघाटनसँगै बिभिन्न्न कार्यक्रम गर्दै आएको छ। आजको यस कार्यक्रममा समाजमा योगदान दिने विभिन्न व्यक्तित्वहरुलाई सम्मान जनाउने कार्य सम्पन्न भयो। आजको यस कार्यक्रममा मन्त्री भिमहाङ सुब्बा मुख्य अतिथिकोरूपमा रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि एवं मन्त्री भिमहाङ सुब्बले सिक्किममेली समाजको प्रणाली धेरैमाथि रहेको बताउँदै २१औ शताब्दीको समाज धेरै शिक्षित र सव्य भएको कारण राज्यको बिकासमा टेवा पुगेको बताए।

समाज सुधार र बिकासका लागि पर्नुपर्ने कार्यबारे अवगत गराउँदै राज्य सरकारले पनि यस्तो सक्षम समाजको राज्यका धेरै समाजहरुलाई सहयोग गरेको जानकारी दिए।समाज भवनको थप बढोत्तरीको निम्ति सहयोग गर्ने सुझाव दिए। उनले लिङ्चोम क्षेत्रका आम नागरिकलाई सरकारले शुरू गरेको विभिन्न योजनाबारे पनि जानकारी गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *