रक्षा मन्त्रालयले सैन्य महत्वका ९२८ आइटमको आयातमाथि लगायो प्रतिबन्ध

00-1-Rashtriya-Samachar-8

नयाँ दिल्ली: रक्षा मन्त्रालयले ‘आत्मनिर्भर भारत’ पहलअन्तर्गत सैन्य महत्वका ९२८ सब-सिस्टम र पूर्जाहरूको आयातमाथि प्रतिबन्ध लगाउँदै चौथो स्वदेशीकरण सूची (पीआईएल)-लाई स्वीकृति दिएको छ। यी वस्तुहरूको विवरण सृजन पोर्टलमा उपलब्ध छ जसलाई सूचीमा निर्धारण गरिएको समय-सीमा अनुरूप भारतीय उद्योगबाटै खरिद गर्न सकिन्छ। रक्षा क्षेत्रमा आत्मनिर्भरतालाई प्रेरित गर्ने तथा रक्षा सार्वजनिक क्षेत्रका उपक्रमहरू (डीपीएसयू)-को आयातलाई न्यूनतम बनाउनको लागि यो कदम उठाएको छ।

रक्षा मन्त्री राजनाथ सिंहले सैन्य महत्वका ९२८ लाइन रिप्लेसमेन्ट यूनिट, सब-सिस्टम्स, स्पेयर एयम्ड कम्पोनेन्ट्सको चौथो रचनात्मक स्वदेशीकरण सूचीलाई स्वीकृति दिएका छन्। यसमा हाई-एण्ड-मटीरियल्स औ अतिरिक्त उत्पादसहित ७१५ करोड़ मूल्यको आयातित सामानहरू सामेल छन्। यी सबै वस्तुहरूको विवरण सृजन पोर्टल https:rijandefence.gov.in/ -मा उपलब्ध छ। सबै वस्तुहरूको सूचीमा निर्धारित समय-सीमा अनुरूप भारतीय उद्योगबाटै खरिद गर्न सकिन्छ। रक्षा मन्त्रालयले आइतवार एक बयान जारी गरी बताएको छ, रक्षा क्षेत्रको सार्वजनिक उपक्रमले यस स्वदेशीकरणलाई विभिन्न साधनहरूको माध्यमबाट पूरा गर्नेछ। कतिपयको सूक्ष्म, लघु एवं मध्यम उद्योग विकसित गराइनेछ तथा निजी भारतीय उद्योग बनाउनेछौं, यसबाट अर्थव्यवस्थामा विकास, रक्षा-क्षेत्रमा निवेश अनि रक्षाका सार्वजनिक उपक्रमहरूको आयातमा कमी आउनेछ। साथै घरेलू रक्षा उद्योगमा अकादमिक तथा अनुसन्धनात्मक संस्थानहरू सामेल हुनाले रक्षा उपकरणहरूको डिजाइन क्षमता पनि बढ़्नेछ।– हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *