नेपाल: पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ

00-1-Top-Bahadur-Raimajhi.jpeg

काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्रा परेका छन्। आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहेका थिए। उनलाई काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ। ३ मईमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि गर्दा उपत्यका बाहिरको कार्यक्रममा देखिएका उनी त्यसयता फरार थिए। उनलाई पक्राउ गर्न सातदोबाटास्थित निवासमा पुलिस गएको थियो। तर, उनी पक्राउ पर्न सकेका थिएनन्। अझैँ यस प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक थापा, कांग्रेस पूर्वसांसद आङटावा शेर्पा र सुरक्षा सल्लाहकार राईका छोरा निरज पक्राउ पर्न बाँकी रहेका छन्। उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भए पनि फरार छन्। यस प्रकरणमा पूर्वगृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण, पूर्वसचिव टेकनारायण पाण्डे, रायमाझीका छोरा सन्दीपसहित १२ जना पक्राउ परिसकेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *