के-लीगः कालेबुङ पुलिसको लगातार तेस्रो जीत

photocollage_202351421751560.jpg

१४ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा कालेबुङ पुलिसले जीतको ह्याट्रिक पूरा गऱ्यो । स्थानीय मेला ग्राउण्डमा आइतवार खेलिएको म्याचमा कालेबुङ पुलिसले सुबोथ एफए (मंगपंग)-लाई २-०-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट नोरजेंग लेप्चाले ४५औं र लेण्डुप लेप्चाले ७९औं मिनटमा गोल गरे। विजेता टीमका अनिमेश गुरुङलाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ।

यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। सोमवार खेलिने म्याचमा हिमालश्री एथलेटिक क्लब र गोरुबथान फूटबल क्लबबीच भिड़न्त हुनेछ। म्याच दिउँसो २.३० बजीदेखि शुरु हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *