आईपीएल २०२३: रोयल च्यालेञ्जर्स बेंगलोरको ठूलो जीत

IMG-20230514-WA0272.jpg

१४ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ६०औं म्याचमा रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-ले राजस्थान रोयल्सलाई ११२ रनको ठूलो अन्तरले पराजित गऱ्यो। यस जीतको साथै आरसीबी-ले प्लेअफ्-मा स्थान बनाउने सम्भावनालाई पनि जीवित राख्यो। आरसीबी अहिले १२ वटा म्याचमा १२ पोइण्ट्सको साथ पाँचौं स्थानमा रहेको छ। यसरी रोयल्स १३ वटा म्याचमा १२ पोइण्ट्स लिएर छैटौं स्थानमा रहेको छ। जयपुरको सवाई मानसिंह स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै आरसीबी-ले २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनायो। कप्तान फाफ डू प्लेसिसले ३ वटा चौका र २ वटा छक्काको साथ ४४ बलमा सर्वाधिक ५५ रन बनाए। यसरी ग्लेन म्याक्सवेलले ५ वटा चौका र ३ वटा छक्काको साथ ३३ बलमा ५४ रन बनाए। अनुज रावतले अविजित २९ रनको योगदान दिए जबकि विरोट कोहली १८ रन बनाएर आउट भए। रोयल्सका बलरहरूमा एडम जाम्पा र केएम असिफले २-२ विकेट लिए। जवाफमा राजस्थान रोयल्सको टीम १०.३ ओभरमा केवल ५९ रन बनाएर अलआउट भयो। केवल ३१ रनमा ६ विकेटको पतनपछि टीमले आत्मसमर्पण गऱ्यो। शिमरोन हेटमायरले ४ वटा छक्का र एउटा चौकाको साथ १९ बलमा सर्वाधिक ३५ रन बनाए। फर्ममा रहने दुईजना ओपनर यशस्वी जयसवाल र जोश बटलरले त खाता पनि खोल्न सकेनन्। कप्तान सञ्जु सेमसन ४ रन बनाएर आउट भए। आरसीबी-का बलरहरूमा वेयन पार्नेलले सर्वाधिक ३ विकेट लिए। यसबाहेक माइकल ब्रेसवेल र कर्ण शर्माले २-२ विकेट हासिल गरे। पार्नेललाई प्लेयर अव् द म्याच चयन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *