एसएसबीद्वारा अन्तर्राष्ट्रिय योग दिवस पालन

IMG-20220621-WA0227.jpg

कालचिनी। आज अन्तर्राष्ट्रिय योग दिवस सर्वत्र पालन भईरहेको क्रममा एसएसबी ५३ वाहिनी फालाकाटा एसएसबीद्वारा अन्तर्राष्ट्रिय योग दिवस पालन मुख्यालयको आयोजनामा कालचिनी स्थित रविन्द्र भानु बिरसा भवनमा अन्तर्राष्ट्रिय योग दिवस पालन गर्नको साथै यस अवसरमा दिव्याङ्ग पहिचान औ जाँच शिविरको पनि आयोजना गरिएको थियो। उक्त शिविरमा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट मनोहरलाल लगायत भाटपाड़ा चियाबारीको प्रबन्धक एसके पाण्डे एवम् अन्यान्य अतिथिहरूको उपस्थिति रहेको थियो। शिविरमा अच्छापाड़ा डेभलपमेन्ट यूथ क्लबको सचिव सिद्धार्थ थापा, खेलकूद सचिव राजीव छेत्री र कोषाध्याक्ष उपेन्द्र ठकुरी एवम् सदस्यहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा योग अभ्यास गरेपछि योग दिवसको महत्वबारे एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट मनोहरलालले उपस्थित सहभागी सदस्यहरुलाई जानकारी गराएको थियो। शिविरमा सरकारको एआईडीपी आरभीवाई योजना अन्तर्गत इन्डियन रेड क्रस सोसाइटी जलपाइगढीको सहयोगितामा दिव्याङ्ग पहिचान औ जाँच गर्न जयगाउँ, खोक्ला, लङ्कापाड़ा आदि क्षेत्रबाट प्रायः ६६ जना दिव्याङ्गहरू आएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement