गोर्खाको पीर बुझ्ने पार्टी भनेको नै हाम्रो पार्टी हो र हामीले छुट्टै राज्य गोर्खाल्याण्ड कहिले पनि बिर्सन सक्दैनौं: अजय एडवर्ड

IMG-20230514-WA0229.jpg

दार्जीलिङ: गोर्खाको पीर बुझ्ने पार्टी भनेको नै हाम्रो पार्टी हो भनी हाम्रो पार्टीको केेन्द्रीय अध्यक्ष अजय एडवाडर्सले बताएका छन्। टुंग सन्त मेरिज समष्टि अन्तर्गत मार्गरेट्सहोप चिया बगानको रविक रंगमञ्च भवनमा हाम्रो पार्टीको सांगठनिक सभा सम्पन्न भयो। सभामा हाम्रो पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्स विशेष रूपमा उपस्थित रहेका थिए। सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष अजय एडवाडर्सले धेरै राजनैतिक दलहरूको नेतृत्वहरूले गोर्खा वीर भन्दै उँचालेर आफ्नो राजनैतिक दुनो सोझाउने काम गर्छन्। तर हाम्रो पार्टीले गोर्खा जातिको पीर बुझ्ने काम गर्दै आईरहेको छ भनी बताएका छन्। उनले भने, जीटीए सभाको चुनाव अघि पहाडको कतिपय राजनैतिक दलले चिया श्रमिकहरूको समस्याहरूलाई लिएर जिल्लापाल कार्यलय अघि रितो थाल बजाउन लग्यो तर चुनावपछि चिया श्रमिकहरूको समस्यामाथि बोल्नको साटो चिया श्रमिकहरूलाई सताउने मालिकहरूसंग सुटुक्कै सम्झौता गर्यो। योभन्दा ठूलो विश्वासघात अरू के हुन सक्छ। हाम्रो पार्टीको समर्थकहरूलाई लोप र प्रलोभनमा फसाएर लान्छ अनि उनीहरूको पार्टीमा सामेल भएपछि हाम्रो पार्टीको विरोधमा बोल्न लगाउँछ। तर हाम्रो पार्टी त्यसको ठीक विपरित रूपमा काम गर्नेछ।’
उनले अन्य राजनैतिक दलहरूबाट हाम्रो पार्टीमा सामेल भएका समर्थकहरूलाई कसैको विरोधमा नबोल्ने अध्यक्ष एडवाडर्सले आह्वान् गरेका छन्। उनले अघि भने, दार्जीलिङ नगरपालिकाको निर्वाचित नगरपार्षदहरूमध्ये मणि लामा पनि एक हुन्। उनलाई धेरै प्रकारको अफरहरू आएको हो। तर उनले आफ्नो इमान बेच्न चाहेनन्।’
चिया बगानहरूमा हाम्रो गोर्खा सन्तानहरू कार्यरत छन तर अफसोस चिया बगानहरूमा अझसम्म मिनिमम वेजेस लागु हुन सकेको छैन यो दुर्भाग्यको विषय हो।हाम्रो श्रमिक संघमा पूरूषहरू मात्र होइन तर महिला नेतृत्वहरू पनि हुन अति नै जरूरी छ किनभने महिलाको समस्या र दु:खहरू केवल एक महिलाले नै बुझ्न सक्छ अध्यक्ष एडवाडर्सले भने। उनले अझ भने, बम पडकाएर, बन्द गरेर केही हुने छैन। तर हामी छुट्टै राज्य गोर्खाल्याण्ड कहिले पनि बिर्सनु सक्दैनौं। गोर्खाल्याण्ड बिर्सनु भनेको ठूलो पाप हो। गोर्खाल्याण्डको निम्ति कति दुःख र समस्याहरूको सहन गर्न परेको छ। गोर्खाल्याण्डको निम्ति हाम्रो कति भाइहरू विस्थापित हुन परयो। कति जेल बस्नु परयो। अझ पनि कतिपय भाइहरू जेलमा छन्। तकदाहको एकजना बहिनीको पति विगत चार पाँच सालदेखि जेलमा छन्। हामीले उसको निम्ति केही गर्न सकेका छैनौं। तर उनको पति जेलबाट रिहा नभएसम्म हामीले उनलाई केवल सानो सहयोग मात्र पुराउन सकेेकाछौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement