पीएनजी स्कूलको एटीएलकी विद्यार्थीसॅंग प्रधानमन्त्री मोदीले गरे अन्तरक्रिया

pmm_447

गान्तोकः प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयॉं दिल्लीको प्रगति मैदानमा राष्ट्रिय प्रौद्योगिकी सप्ताहको उद्घाटन गरे। यस हप्ताव्यापी कार्यक्रमको थीम ‘विद्यालयदेखि स्टार्टअप’ सम्म राखिएको छ। यस कार्यक्रममा ४० उत्कृष्ट अटल टिङ्करिङ ल्याब (एटीएल) लाई पनि प्रदर्शित गरिएको छ। यसमा गान्तोकको पाल्जोर नामग्याल कन्या (पीएनजी) उच्चतर माध्यमिक विद्यालयका तीन विद्यार्थी पनि चयनित भएका छन्। उनीहरू सबैलाई अटल इनोभेशन मिशनले उनीहरूका विगतका उपलब्धीहरूको आधारमा आमन्त्रित गरेको हो।

यसमध्ये छ विद्यालयलाई पीएमओले प्रधानमन्त्रीसॅंग सोझो वार्ताका लागि चयनित गरेको थियो, जसमा पीएनजी स्कूल पनि परेको थियो। प्रधानमन्त्रीले कार्यक्रम उद्घाटन गरेपछि प्रथममा पीएनजी स्कूलको अटल टिङ्करिङ ल्याबका विद्यार्थीहरूसॅंग अन्तरक्रिया गरे। प्रधानमन्त्रीको सुरक्षालाई ध्यानमा राख्दै केवल एक विद्यार्थीलाई स्टलमा बस्ने अनुमति थियो। जसपछि, कक्षा १२ विज्ञानकी छात्रा गीताञ्जली छेत्रीलाई यो जिम्मेवारी सुम्पियो। उनले उत्साहका साथ प्रधानमन्त्रीलाई स्वागत जनाउॅंदै अन्तरक्रिया गरिन्। प्रधानमन्त्रीले पनि विद्यार्थीको इनोभेशन र प्रस्तुतिप्रति खुशी व्यक्त गरे। पीएनजी स्कूलको टीममा अन्सिका राई र स्नेहा कुमार पनि सामेल छन्। विद्यार्थीहरू शिक्षक एवं परियोजना मार्गदर्शक इभान दोर्जी लेप्चाको अगुवाईमा दिल्ली गएका हुन्।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *