मार्गरेट्स होपमा हाम्रो पार्टीको सभा सम्पन्न

IMG-20230514-WA0232.jpg

५१ परिवारहरू हाम्रो पार्टीमा सामेल

सोनादा: सोनादा क्षेत्र अन्तर्गत मार्गरेट्सहोप होप चिया बगानमा हाम्रो पार्टीको सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभामा उक्त क्षेत्रका ५१ परिवारहरू हाम्रो पार्टीमा सामेल भएका छन्। टुंग सन्त मेरिज समष्टि अन्तर्गत मार्गरेट्सहोप चिया बगानमा आज हाम्रो पार्टीको सांगठनिक सभा सम्पन्न भयो। स्थानीय रसिक रंगमञ्च भवनमा सम्पन्न भएको सांगठनिक सभामा पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्स विशेष रूपमा उपस्थित रहेका थिए।त्यसरी नै पार्टी केन्द्रीय उपाध्यक्ष रोबर्ट छेत्री, महासचिव फुर्तेम्बा भोटिया, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ, नगरपार्षद मणि लामा, विमल तामाङ, दीपेन तामाङ, प्रवीन सुब्बा आदि उपस्थित रहेका थिए। हाम्रो पार्टीको सांगठनिक सभामा मार्गरेट्स होप चिया बगान क्षेत्रका ५१ परिवारभन्दा धेर समर्थकहरू हाम्रो पार्टीमा सामेल भएका छन्। सामेल हुनेहरू सबैलाई पार्टी अध्यक्ष अजय एडवर्डले समर्थकहरूलाई पार्टीमा न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा सुम्पिएका थिए। सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टीको केन्द्रीय वरिष्ठ कार्यकर्ता सुमन बम्जनले भने, ‘हामी कुनै पार्टीको समर्थक हुनभन्दा अघि तपाई हामी गोर्खा हौं। त्यसकारण तपाई हामीले सर्वप्रथम गोर्खा जातिको हितमा सोच्नुपर्छ। हामी मासिक वेतन थाप्नलाई राजनीति गरेका होइनौं।’
उनले अघि भने, हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको आमा बिमारी हुनुहुन्छ तर पनि उनी आज जनताको हितार्थ यहाँ आउनु भएको छ। अध्यक्ष एडवाडर्स गाउँ, गाउँ, चिया बगान,बस्ती आदि क्षेत्रहरूमा जनताको समस्याहरू बुझ्न घुम्दै हिँडदैछन्। हामीले यस्तो नेता पाउनु भनेको तपाई हाम्रो अहोभाग्य हो। उनले अझ भने, हामी चिया श्रमिकहरू अति नै शोषित छौं अनि हामीलाई यस्तो शोषणबाट हाम्रो पार्टीले मात्र निकाल्न सक्छ। हामी कर्ममा विश्वास गर्छौं। त्यसकारण हाम्रो पार्टीले जातीय उन्मुक्ति साथै क्षेत्रीय समस्याहरूबाट निजात दिलाउन सक्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement