सीबीआईले माध्यमिक शिक्षा बोर्डका उपसचिवलाई सोधपुछ

cbi-1-e1655302010319

कोलकता: सीबीआईले भर्ती भ्रष्टाचार मुद्दामा माध्यमिक शिक्षा बोर्डका एक वरिष्ठ अधिकारीलाई घण्टासम्म सोधपुछ गर्‍यो। तिनलाई शनिबार निजाम प्यालेसस्थित सीबीआई कार्यालयमा बोलाइएको थियो। सीबीआईको टोलीले नवौं–दशौं भर्तीमा भएको भ्रष्टाचार मुद्दामा माध्यमिक शिक्षा बोर्डका उपसचिव पार्थप्रतिम रायलाई विभिन्न प्रश्न सोधेको थियो। स्रोतका अनुसार बोर्डका पूर्वअध्यक्ष कल्याणमय गंगोपाध्यायलाई यसअघि नै पक्राउ गरिएको थियो। उनको सोधपुछका क्रममा सीबीआईले केही नयाँ जानकारी पाएको। त्यसपछि सीबीआई टोलीले उनीसँग सोधपुछ गरेको थियो। सीबीआईले यसअघि पनि भर्ती भ्रष्टाचार मुद्दामा बोर्ड प्रमुखसहित धेरै अधिकारीसँग सोधपुछ गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement