गान्तोकः विद्या भारती सिक्किमद्वारा दार्जीलिङ जिल्ला अन्तर्गत लङ्गुइरङमा सञ्चालित हिमाली विद्या निकेतनमा योग साथै शारीरिक शिक्षा नियमित रूपमा अभ्यास भइरहेको छ। विद्या भारतीद्वारा सञ्चालित यो एउटा ग्रामीण विद्यालय हो।
सुदूर ग्रामीण क्षेत्रमा सञ्चालित यस विद्यालयमा विद्या भारतका आधारभूत विषयहरूका साथै शैक्षिक, योग र शारीरिक शिक्षाका साथै पर्यावरण तथा अन्य सामाजिक विषयहरूलाई पनि विद्यालयमा कार्यान्वयन गर्ने प्रयास गर्दै आइरहेको जानकारी विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले दिएका छन्।
-हिस