कालचिनी। कालचिनी थाना अन्तर्गत अठियाबारी चियाबारीको मुन्सीलाईन निवासी एकजना आदिवासी महिलाले आफ्नै घरमा पंखामा पासो हालेर आत्महत्या गरेको घटना प्रकासमा आएको छ। पुलिस सुत्रबाट प्राप्त जानकारीअनुसार उत्तर लोथाबारी ग्रामीण अस्पतालबाट चिकित्सकले अप्राकृतिक मृत्युको रिपोर्ट थानामा दिएको आधारमा जाँच गर्दा उक्त आत्महत्या गर्ने महिला अठियाबारी निवासी तेरसा कुल्लू उमेर २१ ले घरमा कोही नभएको समय आज बिहान लगभग ११.३० बजी पंखामा झुण्डिएर आत्महत्या गरेको मृतकको पति अविनास कुल्लूले बताएको आधारमा जाँच गर्दा महिलाको टाउकोमा हल्का चोटको निशान भेटाईएकोले यसको म्याजिस्ट्रेट जाँच पश्चात मात्र पोस्टमार्टममा पठाइनेछ।
यता मृतक महिलाकी लोग्ने अविनाश कुल्लूले आफू काममा गएको थियो र घरमा यसरी स्वास्नी झुण्डिएर आत्महत्या गरेको थाह पाएपछि हत्तारमा उत्तर लोथाबारी ग्रामीण अस्पतालमा ल्याउँदा स्वास्नीको मृत्यु भईसकेको चिकित्सकले बताएको जनाएका छन्। किन आत्महत्या गऱ्यो आफूलाई केही थाह नभएको र कुनै प्रकारको घरमा झगड़ा पनि नभएको लोग्ने अविनाश कुल्लूले बताएको छ।