युनिक फाउन्डेसनले आमाको मुख हेर्ने दिनमा आमाहरूलाई सम्मान

2114066f-396e-47e7-b0a8-7a03c9f559e3

सिलगढी: आज अन्तर्राष्ट्रिय मातृ दिवसको अवसरमा सिलगढीको युनिक फाउन्डेसनको टोलीले आमाहरूलाई बधाई दियो। जीवनको संघर्षमा हार नमानेर खुसी त्यागेर एक्लै सन्तान हुर्काउने आमाले कमाएको आम्दानीले परिवारको सम्पूर्ण जिम्मेवारी र सन्तानको पालनपोषण गर्दै आएका छन्। त्यस्ता अतुलनीय आमाहरूलाई आज ब्यान्ड पार्टी र बत्ती बालेर स्वागत र सम्मान गरिएको थियो। युनिक फाउन्डेसनको टोलीले उनीहरूलाई विशाल मेगामार्टबाट सामान तथा कपडा खरिद गराएर सकेसम्म सहयोग गर्ने प्रयास गरेको थियो। आगामी दिनमा पनि साथ दिने प्रयास गर्ने संस्थाको तर्फबाट जानकारी गराइएको छ। आज आमाको मुख हेर्ने दिन, उहाँलाई धेरै धेरै स्वागत र सम्मान छ।

About Author

Advertisement