जलपाइगढी टाउन क्लबको १२५औँ वार्षिकोत्सव कार्यक्रम

4d8ad90e-d50d-488d-a83a-101d6f745efc

जलपाइगढी: जलपाइगढी टाउन क्लबको १२५औँ वार्षिकोत्सवको अवसर कार्यक्रम आइतबार बिहान सडक दौड मार्फत सुरु गरिएको थियो। प्रतियोगितामा सिलगढीका एथलीट सन्दीप शाले च्याम्पियन बनेका छन्। जलपाइगढी टाउन क्लब मैदान अगाडि झण्डा फहराएर सडक दौडको उद्घाटन गरिएको थियो। कार्यक्रममा जलपाइगढीका सबै खेल प्रेमी र प्रतिष्ठित व्यक्तित्वहरू उपस्थित थिए। यस दौडमा बङ्गालका विभिन्न जिल्लाका साथै उत्तर प्रदेश, असमलगायत देशका विभिन्न राज्यका १६२ खेलाडीले भाग लिएका थिए। टाउन क्लब मैदानबाट सुरु भएको आठ किलोमिटर दौड विभिन्न सडक हुँदै टाउन क्लब मैदानमा समापन भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement