अण्डर-१४ बोइज लीगः कार्मेल हाई स्कूलको एकतर्फी जीत

IMG-20230514-WA0171.jpg

१४ मईः खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित महकुमा स्तरीय अण्डर-१४ बोइज फूटबल लीगको दोस्रो दिन कार्मेल हाई स्कूलले एकतर्फी जीत हासिल गऱ्यो । स्थानीय चानमारी खेल मैदानमा आइतवार भएको म्याचमा कार्मेल हाई स्कूलले पुष्परानी रोय मेमोरियल हाई स्कूललाई १३-०-ले पराजित गऱ्यो। आजको म्याचमा नितेश देवान मुख्य रेफरी रहेको थिए। यसरी सहायकको भूमिकामा रोशन गुरुङ र प्रतीक गुरुङ थिए। सञ्जय थापा फोर्थ अफिसियल रहेका थिए। खरसाङ महकुमाबाट जम्मा ५ वटा टीमले लीगमा हिस्सा लिएको छ। यसमा हिल्स फूटबल एकाडमी, जेआर३२ फूटबल एकाडमी, हिमाली बोर्डिंग स्कूल, कार्मेल हाई स्कूल र पुष्परानी रोय मेमोरियल हाई स्कूल सामेल छ। लीगका सबै म्याचहरू स्थानीय चाँदमारी मैदानमा हुनेछ। सोमवार खेलिने म्याचमा पुष्परानी रोय मेमोरियल हाई स्कूल र हिमाली बोर्डिंग स्कूलबीच भिड़न्त हुनेछ । म्याच दिउँसो ०१.०० बजीदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement