‘मोचा’ चक्रवात म्यान्मारमा ल्याण्डफल भएपछि बङ्गलादेशको कक्स बजार तटसित ठोक्किनेछ

00-1-Cyclone

कोलकाता: बङ्गालको खाड़ीमा उठेको चक्रवात ‘मोचा’ भारतीय समुद्र तटदेखि टाड़ा बङ्गलादेश र म्यान्मारको तटीय क्षेत्रहरू नजिक पुगेक छ। मौसम विभान विभागले आइतबार बतायो,  बिहानै करिब तीन बजे ‘मोचा’ भारतीय समुद्र तट पोर्ट ब्लेयरदेखि ७५० किलोमीटर टाड़ा उत्तर पश्चिममा पुग्यो।

यो बङ्गलादेशको कक्स बाजारदेखि ३५० किलोमीटर अनि म्यान्मारको सितवे समुद्र तटदेखि २६० किलोमीटर दक्षिण पश्चिममा अवस्थित छ। यो १८ किलोमीटर प्रतिघण्टाको गतिले अघि बढ़िरहेको छ। ल्याण्डफलको समयमा यसको अधिकतम गति २१० किलोमीटर प्रतिघण्टा हुनसक्छ। यसकारणले ज्यानमालको ठूलो क्षति हुने आशंका छ। विभागअनुसार सबैभन्दा पहिला चक्रवात म्यान्मारको समुद्र तटमा ल्याण्डफल हुनेछ। त्यसपछि बङ्गलादेशको कक्स बजार तटसित ठोक्किनेछ। यसको प्रभावले दुवै देशमा आँधी-हुरी, तूफानसहित वर्षा भइरहेको छ। तटीय क्षेत्रहरूबाट अधिकांश मानिसहरूलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गराइँदैछ।

यस चक्रवातको प्रभावबाट कोलकाता लगायत दक्षिण २४ परगना र पूर्व तथा पश्चिम मेदिनीपुरका तटीय क्षेत्रहरूमा भारी वर्षा हुनसक्छ। भारतका तटीय क्षेत्रहरूमा यसको प्रभाव धेर देखिने छैन। तथापि सुरक्षाको दृष्टिले एनडीआरएफका टीमहरू समुद्रका तटीय क्षेत्रहरूमा तैनाथ छन्। वर्षाको कारणले कोलकाताको तापमानमा ह्रास दर्ता गरिएको छ। शनिबार अधिकतम तापमान ३३.९ डिग्री सेल्सियस (सामान्यभन्दा दुई डिग्री सेल्सियस कम) अनि न्यूनतम तापमान २७.३ डिग्री सेल्सियस दर्ता गरियो। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement