बङ्गालको पोल्ट्री फार्मबाट कुखुरालाई असममा प्रवेशमा प्रतिबन्ध लगाउने विरोधमा ज्ञापन

b4961d6e-e077-4265-96b8-78d3c9d4c0ce-1

सिलगढी: असम सरकारले कुनै कारण वा तर्क बिना उत्तर बङ्गाल पोल्ट्री फार्मबाट कुखुराको प्रवेशमा प्रतिबन्ध लगाएको छ। यसको विरुद्धमा आज उत्तर बङ्गाल पोल्ट्री फार्म एसोसिएसनले अध्यक्ष सौरभ चक्रवर्तीलाई ज्ञापनपत्र दिएको छ। यो पश्चिम बङ्गालका जनतामाथि अन्याय भएको व्यापारीहरूको भनाइ छ। सौरभ चक्रवर्तीले यस विषयमा राज्यमन्त्री स्वपन देवनाथसँग कुरा गरिसकेको र प्रदेश सरकारले केन्द्र सरकारलाई पत्र पठाइसकेको बताए। उनले बङ्गाल सरकारले चाँडोभन्दा चाँडो समस्या समाधान गर्ने आश्वासन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement