उत्तर दिनाजपुर: दालखोला पुलिसले हतियारसहित एक कुख्यात अपराधीलाई शुक्रबार राति पक्राउ गरेको छ। अभियुक्तको नाम अबुल कलाम रहेको पुलिसले जनाएको छ। उनी बिहारको कटिहाल जिल्लाको बलरामपुर थाना अन्तर्गतको तेलता क्षेत्रका बासिन्दा हुन्। उनलाई पटनोर इलाकाबाट पक्राउ गरिएको हो। उनको साथबाट लोडेड ७ एमएमको पेस्तोल बरामद भएको छ। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।