सुँगुरले हात्तीकाे बच्चा जन्माइयो

9be5dde0-0d42-43e1-b723-1a84bcbc9b44

जलपाइगढी: सुँगुरले हात्तीकाे बच्चालाई जन्म दिएको छ। आइतबार बिहान जलपाइगढीसँग जोडिएको पहारपुरको डेंगुझार चिया बगानको १० नम्बर लाइन मजदुर इलाकामा एउटा सुँगुरले हात्तीको बच्चालाई जन्म दियो। यो दुर्लभ घटनाको खबर फैलिने साथ त्यो बच्चालाई हेर्न बिहानैदेखि मानिसहरूको भीड लाग्न थाल्यो। अन्यका साथमा पहारपुर ग्राम पञ्चायतकी तृणमूल पञ्चायतकी अध्यक्ष अनिता राउतका श्रीमान् पनि घटनास्थल पुगेका थिए। घटनाको खबर सुनेपछि आफू यहाँ आएको उनले बताए। यो साँच्चै एउटा हात्तीको बच्चा जस्तै छ। लामो नाक, ठूला कान ठ्याक्कै हात्तीको बच्चा जस्तै देखिन्छ। यस सम्बन्धमा पशु चिकित्सक डा. राजेश्वर सिंहले टेलिफोनमा यस प्रक्रियालाई ‘राइनो शेफाली’ भनिने बताए। नाक राम्रोसँग बनेको छैन, त्यसैले यो लामो छ, त्यहाँ एक मात्र आँखा छ। तर बच्चा बाँच्न सकेनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement