एपेक्स एफसी र युनाइटेड ब्रदर्स विजयी

IMG_20220516_190842.jpg

१६ मईः कालेबुङ स्पोर्टस एसोसिएशन (केएसए)-को तत्त्वावधानमा आयोजित दुई स्तरीय लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत सोमवार सुपर डीविजन लीगका दुईवटा म्याच खेलियो। मेला ग्राउण्डमा भएको म्याचमा एपेक्स एफसीले बोंग युनाइटेडलाई ६-१-ले पिट्यो। म्याचमा विजेता टीमबाट नोर्देन तामाङले २ गोल गरे। यसबाहेक डिफेण्डर बिपेन थापा, नवांग शेर्पा, प्रवेश राई र साम्तेन लेप्चाले १-१ गोल गरे। बोंग युनाइटेडबाट डी राजले एकमात्र गोल गरे। यसरी नै अन्य एउटा म्याचमा युनाइटेड ब्रदर्सले असाधारण पुनरागमन गर्दै जर्जियन एफसीलाई २-१-ले पराजित गऱ्यो। मध्यान्तरसम्म पछि रहने युनाइटेड ब्रदर्सबाट युवा फरवर्ड सौरभ तामाङ र सोनम शेर्पाले गोल गरे। यसरी नै जर्जियनबाट बी भुजेलले गोल छिराए।सुपर डीविजन लीग र ए डीविजन लीग दुवैको फाइनल ५ जूनमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement