पोख्रेबुङमा मिशन एजुकेशन मार्फत पुस्तकालय उदघाटन

00-1-IMG-20230514-WA0074

सिलगढी: मानव उत्थान सेवा समितिको भातृ संगठन आध्यात्मिक युवा संगठन मिरिक तहसीलको सक्रियतामा मिशन एजुकेशन योजनाअन्तर्गत पोख्रेबुङ बजारमा आध्यात्मिक पुस्तकहरूको निजी पुस्तकालय केही दिनअघि मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रकी अध्यक्षा महात्मा अदिना बाईजी र सभासद भूपेन्द्र बम्जनको  बाहुलीबाट उदघाटन भएको थियो। भाषा-साहित्य एवम् शिक्षाको क्षेत्रमा सुनाम कमाएका पोख्रेबुङभेल्लीलाई  उक्त आध्यात्मिक पुस्तकालयले अझ सुनमा सुगन्ध भर्ने काम हुने कुरो उदघाटन समारोहमा  उपस्थित विज्ञहरूले व्यक्त गरेका थिए। पोख्रेबुङ भेल्लीका सभासद भूपेन्द्र बमजन प्रमुख अतिथिको रूपमा रहेको उक्त उदघाटन समारोहमा पोख्रेबुङ पुलिस आउट पोष्टका प्रभारी राजकुमार प्रधान लगायत प्रोख्रेबुङ क्षेत्रका विभिन्न स्कूलका प्रधान अध्यापक- अध्यापिकाहरू, शिक्षक-शिक्षिकागण, कवि-साहित्यकार, समाजसेवी र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। वर्तमान समयमा मानिसहरूको  पुस्तक पठनको संस्कार धेरै कम हुँदै गइरहेको स्थितिमा पोख्रेबुङ भेल्लीमा  मिशन  एजुकेशन योजना मार्फत मानव उत्थान सेवा समितिको युवा प्रकोष्टको सत्प्रयासमा यसरी आध्यात्मिक पुस्तकहरूको पुस्तकालय स्थापित गर्नु साह्रै सराहनीय कार्य रहेको कुरो समारोहका मुख्य अतिथि भुपेन्द्र बम्जनले व्यक्त गरेका थिए। समारोहमा महात्मा अदिना बाईजी, महात्मा मनोहरी बाईजी, महात्मा अचला बाईजी, महात्मा दीक्षा बाईजीलगायत समितिको उत्तर पूर्वाञ्चल क्षेत्रका उपाध्यक्ष दीपक राई,  मूल सचिव प्रकाश हाङखिम, मानव सेवा दलका प्रान्तपाल भीमप्रकाश राई, समितिका सहसचिव चन्दन लकान्द्री, मिसन एजुकेशन उत्तर पूर्वाञ्चल क्षेत्रका संयोजक प्रवीण गुरुङ, मानव सेवा दलका मण्डल प्रमुखहरू नवदीप लामा( डुवर्स), श्रीमती विनिता राई (दार्जीलिङ), युवा प्रकोष्ठका दार्जीलिङ जिल्ला संयोजक दीपक शर्मा, श्री दीपङ्कर राईलगायत मिरिक तहसीलअन्तर्गतका समिति, सेवा दल, बाल सभा, युवा प्रकोष्टका विभिन्न स्तरका कार्यकर्ताहरू र सदस्य- सदस्याहरूको धेरै संख्यामा उपस्थिति रहेको थियो। उक्त  आध्यात्मिक पुस्तकालयबाट विद्यार्थी अनि युवाहरूलाई अध्यात्मतिर प्रेरित गर्ने किसिमका पुस्तकहरू रहेकोले यसबाट सबैले लाभ उठाउने आह्वान मूल सचिव प्रकाश हाङखिमले गरेका थिए। समारोहमा स्वागत वक्तव्य  दिपङ्कर राईले गरेका थिए। मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराज र श्री बिभूजी महाराजजीको असीम कृपा र प्रेरणाले नै उक्त पुस्तकालयको स्थापना भएको हुनाले समारोहको शुआरम्भमा  उहाँहरूकै तस्वीरअघि  दीप प्रज्वलन गरिएको मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रका सूचना एवम् प्रचार सचिव मेघनाथ छेत्री प्रेस विज्ञप्ति जारी गरेर बताएका छन्l  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement