ला लीगाः रियल म्याड्रिड विजयी, भिल्लारियलद्वारा गोलको वर्षा

IMG-20230514-WA0138.jpg

१४ मईः स्पेनिश ला लीगा फूटबलमा गत सीजनको च्याम्पियन रियल म्याड्रिडले जसोतसो म्याच जित्यो। शनिवार राति खेलिएको म्याचमा रियलले गेटाफेलाई १-०-ले पराजित गऱ्यो। होम ग्राउण्ड सेण्टियागो बर्नब्यूमा ७७ प्रतिशत पोजेशनको साथ खेले पनि रियललाई म्याच जित्न निक्कै गाह्रो पऱ्यो। होम टीमबाट एकमात्र गोल मार्को असेन्सिओले ७०औं मिनटमा छिराए। यस जीतपछि रियल म्याड्रिड ३४ वटा म्याचमा ७१ पोइण्ट्सको साथ ला लीगा टेबलको दोस्रो स्थानमा फर्कियो। यसबीच भिल्लारियलले चाहिँ एथलेटिक क्लब विरुद्ध ५-१-ले ठूलो जीत हासिल गऱ्यो। भिल्लारियलबाट निकोलस जेक्सनले ३७औं र ५०औं मिनटमा २ गोल गरे। यस जीतपछि भिल्लारियल ३४ वटा म्याचमा ५७ पोइण्ट्सको साथ पाँचौं स्थानमा रहन पुग्यो।

यसरी आठौं स्थानमा रहने एथलेटिक क्लबसँग ४७ पोइण्ट्स रहेको छ। रियल सोसिएदाद र गिरोनाबीचको म्याच २-२-ले ड्र रह्यो। अन्य एउटा म्याचमा ओसासुनाले अल्मेरियालाई ३-१-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement