कोलकाता: भारतीय भान्साकोठामा अदुवा अति नै आवश्यक होl अदुवालाई भारतीयहरूले शताब्दीयौंदेखि प्रयोग गर्दै आएका छन्, मसलाबाहेक यसलाई औषधीको रूपमा पनि प्रयोग गरिन्छ। यसमा पाइने गुणले शरीरलाई भाइरस र ब्याक्टेरियासँग लड्न निकै मद्दत गर्छ। तर अब अदुवा किन्न गाह्रो हुने भएको छ, वास्तवमा मणिपुरमा हिंसा भड्किएपछि अदुवाको मूल्य बढेको छ। भारतका धेरै राज्यमा बेमौसमी वर्षाले किसानलाई ठूलो नोक्सान गरेको छ। बेमौसमी वर्षाले अदुवा खेती गर्ने किसानलाई पनि नोक्सान पुर्याएको छ। तर, यसका कारण अदुवाको मूल्यमा तीव्र उछाल आएको छ, जसका कारण कृषकले आफ्नो नोक्सानको पूर्ति समेत गरिरहेका छन्। केही दिन अघि महाराष्ट्रको एउटा भिडियो पनि भाइरल भएको थियो जसमा केही किसान अदुवाको मूल्य बढेपछि खुशीले नाचिरहेका थिए।
बेमौसमी वर्षाका कारण देशैभर अदुवाको भाउ बढिरहेको बेला बङ्गालमा अदुवाको मूल्य बढ्नुको कारण मणिपुरमा भएको हिंसा हो। वास्तवमा मणिपुरमा हिंसा भड्किएपछि बाहिरबाट अदुवा बङ्गाल पुग्न नसक्दा अदुवाको मूल्य प्रतिक्विन्टल ६ देखि ७ हजार रुपियाँले बढिरहेको छ। खुद्रा मूल्यको कुरा गर्दा बङ्गालको तरकारी बजारमा अदुवा प्रतिकिलो ३ सय रुपियाँमा बिक्री भइरहेको छ। बङ्गालसहित उत्तर भारतमा दक्षिण भारतबाट पनि अदुवा आउँछ, तर कर्नाटकको चुनाव र मणिपुरमा भएको हिंसाका कारण ढुवानीका सवारी साधन नहुँदा किसानले राज्य बाहिर अदुवा पठाउन सकेका छैनन्। यही कारणले गर्दा बङ्गालसहित उत्तर भारतमा अदुवाको मूल्य तिव्र रुपमा बढिरहेको छ। आउँदो दिनमा अदुवाको भाउ अझै बढ्नसक्ने विज्ञहरुको डर छ। गर्मीमा अदुवाको उपभोग कम हुने भए पनि घरमा अदुवा सकिएको भए पनि बजारबाट ल्याउनुपर्छ किनभने जाडोमा यसलाई तरकारीमा थपेर प्रयोग गरिन्छ।