अण्डर-१७ फूटबलः ७ स्कोप र ग्लेनबर्न विजयी

photocollage_2023514123038211.jpg

१४ मईः मुण्डा बाँसघारी युथ क्लब (मुण्डा कोठी टी गार्डन, सोनादा, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित अण्डर-१७ फूटबल टुर्नामेण्टमा ७ स्कोप र ग्लेनबर्नले आ-आफ्नो म्याच जित्यो । शनिवार खेलिएको म्याचमा ग्लेनबर्नले आरडीवाईसी, रानीबनलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल अरमान राईले ४७औं मिनटमा गरे। यसरी अन्य एउटा म्याचमा ७ स्कोपले एनजेएससी-लाई २-०-ले पराजित गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement