नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १,२७२ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,८०,६७४ पुगेकाे छ। विगत २४ घण्टामा पञ्जाबमा २ र पश्चिम बंगालमा १ जनागरी कुल ३ जनाकाे मृत्यु दर्ता भएको छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,७७० पुगेको छ। यसरी नै यस अवधिमा २,२५२ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,३३,३८९ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७८% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या कमेर १५,५१५ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता १.०२ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता १.२० प्रतिशत रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,२४,६२८ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,८६,१२,५५१ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा १,६९९ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६६,९१,६९२ जनाले यो खोप लगाइसकेको छन्।