आईपीएल २०२३: प्रभसिमरनको शतक, पञ्जाब किंग्स ३१ रनले विजयी

IMG-20230513-WA0290.jpg

१३ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ५९औं म्याचमा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई ३१ रनले पराजित गऱ्यो। अरुण जेटली स्टेडियममा शनिवार टस हारेर पहिला ब्याटिंग गर्दै पञ्जाब किंग्सले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनायो। ओपनर प्रभसिमरन सिंहले १० वटा चौका र ६ वटा छक्काको साथ ६५ बलमा १०३ रन बनाए। आईपीएलमा यो उनको पहिलो शतक हो। यसबाहेक सेम करनले दोस्रो सर्वाधिक २० रन बनाए। कप्तान शिखर धवन ७ र लियम लिविंगस्टोन ४ रन बनाएर आउट भए। दिल्लीका बलरहरूमा ईशान्त शर्माले २ विकेट लिए। जवाफमा दिल्ली क्यापिटल्सको टीमले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो।

कप्तान डेविड वार्नरले १० वटा चौका र एउटा छक्काको साथ २७ बलमा सर्वाधिक ५४ रन बनाए। यसबाहेक फिल सल्टले २१ रन बनाए। पञ्जाब किंग्सका बलरहरूमा हरप्रीत बरारले सर्वाधिक ४ विकेट लिए। यसबाहेक नेथन एलिस र राहुल चाहरले २-२ सफलता हासिल गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *