केन्द्रीय मन्त्री डा. सुवास सरकार सिक्किमको तीन दिवसीय भ्रमणमा

IMG-20230513-WA0282.jpg

गान्तोक। केन्द्रीय शिक्षा राज्य मन्त्री डा. सुवास सरकार सिक्किमको तीन दिवसीय भ्रमणमा आज गान्तोक आइपुगेका छन्‌। भ्रमणको पहिलो दिन उनले गान्तोकमा सांसद, विधायक एवं जिल्ला अधिकृतहरूसित आयोजित बैठकमा केन्द्रद्वारा प्रायोजित योजनाहरूको समीक्षा गरे। स्थानीय सिच्छेस्थित जिल्लापाल कार्यालयमा बसेको यस बैठकमा केन्द्रीय मन्त्रीले प्रधानमन्त्री आवास योजना, प्रधानमन्त्री उज्जवला योजना, आयुष्मान भारत, प्रधानमन्त्री जन आयोग्य योजना, जल जीवन मिशन, स्वच्छ भारत अभियान, प्रधानमन्त्री मातृ वन्दना योजना, प्रधानमन्त्री श्रमयोगी मानधन योजना, प्रधानमन्त्री गरीब कल्याण योजना र एक राष्ट्र एक राशिन कार्ड जस्ता योजनाहरूको राज्यमा कार्यान्वयनबारे सम्बन्धित अधिकारीहरूबाट जानकारी लिए।

यस अवसरमा मन्त्री डा. सरकारले विभिन्न केन्द्रीय योजनाका लाभार्थीहरूसित अन्तर्क्रिया पनि गरे। केन्द्रीय मन्त्रीसितको कुराकानीमा लाभार्थीहरूले योजनाको लाभ उपलब्ध गराइएकोमा केन्द्र सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरे।

आफ्नो सम्बोधनमा केन्द्रीय मन्त्रीले छोटो समय पनि कोन्द्रीय योजनाहरूका सम्बन्धमा राम्रो प्रस्तुति दिएको बताउँदै अधिकारीहरूको प्रशंसा गरे। उनले अधिकारीहरूलाई आम जनतामा जाने र उनीहरूको समस्या बुझ्ने तथा समाधान गर्न प्रयास गर्ने प्रेरणा दिए।

यस अवसरमा राज्यका शिक्षा मन्त्री कुङगा निमा लेप्चा र विधायक वाइ. टी. लेप्चा लगायत विभिन्न विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। डा. सरकारको भोली पाकिम जिल्ला भ्रमण गर्ने कार्यक्रम रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *