नाम्ची दुवाथोलन २०२३ सम्पन्न

IMG-20230513-WA0287.jpg

गान्तोक। दक्षिण सिक्किमको नाम्चीस्थित भाइचुङ स्टेडियममा नाम्ची दुवाथोलन २०२३ सम्पन्न भयो। यस प्रतियोगिताको आयोजना नशामुक्त भारत अभियानअन्तर्गत जिल्ला प्रशासनिक केन्द्रसितको संयुक्त तत्वावधानमा राज्यको खेलकुद एवं युवा मामिला विभाग, नाम्चीले गरेको थियो। प्रतियोगितामा कूल ६० जना खेलाड़ीले भाग लिएका थिए जसमा ५३ जना पुरुष अनि ७ जना महिला रहेका थए।
कार्यक्रममा मुख्य अतिथिको रुपमा उपस्थित सिक्किम सरकारको क्षमता विकास विभागका सल्लाहकार सतिश चन्द्र राईले प्रतियोगिताको फ्ल्याग अफ गरेका थिए। भाइचुङ स्टेडियमदेखि आरम्भ भएको दुवाथोलन चारधाम, भञ्ज्याङ हुँदै पुनः स्टेडियम आएर समाप्त भएको थियो। पुरुष र महिला वर्गको अलग अलग प्रतियोगामा पुरुष वर्गमा अरुणाचल प्रदेशका ताजुम डेरे प्रथम भए। यसरी नै दार्जीलिङका सुदर्शन लिम्बू र नाम्चीका राज राई क्रमैले दोस्रो अनि तेस्रो स्थानमा आउन सफल भए। यसरी नै महिला वर्गमा अरुणाचल प्रदेशकै लिन्दिम कियाकिया प्रम भइन् भने सिलगढ़ीकी शितल छेत्री दोस्रो भइन्‌। नाम्ची सावित्री राई महिला वर्गमा तेस्रो स्थानमा आउन सफल भएकी छन्‌।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *