गाड़ीधुरामा भागोप्रमो प्रार्थी कल्पना प्रधानको पक्षमा चुनावी सभा सम्पन्न

IMG-20220621-WA0221.jpg

आफूलाई पार्टी अध्यक्षले जनताको सेवा गर्ने मौका दिएको छ: कल्पना प्रधान

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी लङ्भ्यु अम्बटे समष्टिका उमेदवार कल्पना प्रधानको पक्षमा चुनावी सभा समष्टि अध्यक्ष मनिराज डुम्जनको सभापतित्वमा गाड़ीधुरा सार्वजनिक भवनमा सम्पन्न भएको छ। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाको विशेष उपस्थिति रहेको थियो।
कुनाल छेत्रीले सञ्चालन गरेको सभालाई पार्टी अध्यक्ष अनित थापा, केन्द्रीय समिति सदस्य सन्तोष लामा, महुकमा सचिव प्रणाम रसाइली, समष्टि प्रार्थी कल्पना प्रधान, सिनियर सिटीजनको पक्षबाट डीके विश्वकर्म आदिले सम्बोधन गरेका थिए। सम्बोधनको क्रममा केन्द्रीय समिति सदस्य सन्तोष लामाले कल्पना प्रधान एक योग्य उमेध्दार रहेको र उनलाई जिताउने समष्टिका सबै कार्यकर्त्ताको दायित्व रहेको बताए। महुकमा सचिव प्रणाम रसाइलीले अनित थापा जहिले पनि सुख-दुःखमा जनताको साथमा रहने नेता रहेको बताए। सम्बोधनको क्रममा समष्टि प्रार्थी कल्पना प्रधानले आफूलाई पार्टी अध्यक्षले जनताको सेवा गर्ने मौका दिएको बताइन्। यसको साथै उनले चुनाव जितेको खण्डमा क्षेत्रको विकास गर्न साथै बेरोजगार युवाहरूलाई रोजगार दिलाउन आफू प्रतिबद्ध रहेको पनि बताइन्। सम्बोधनको क्रममा पार्टी अध्यक्ष अनित थापाले यसपालीको चुनाव आफ्नो बाजे बराजुको खुन पसिनाले सिँचेको घरेड़ीको मालिकाना हक दिलाउने लड़ाई रहेको बताउँदै यस क्षेत्रका मतदाताहरूले यसपाली यस क्षेत्रको विकास,रोजगारको निम्ति मतदान गर्ने बिषयमा आफू विश्वस्त रहेको बताए। यसको साथै आफ्नो कार्यकत्ताहरूलाई आगामी चुनावमा क्षेत्रको सुख समृद्धिको निम्ति जोड़ा मोमबत्तीको चिन्हमा भोट गरिदिने अनुरोध पनि गरे। सभामा केन्द्रीय समिति सदस्य सन्तोष लामा, खरसाङ महुकमा समितिको मूल सचिव प्रणाम रसाइली, प्रवक्ता अनुप रामुदामु, महुकमा सदस्य संजोक रोका, समष्टि सभापति मणिराज डुम्जन, सचिव ललित प्रधान, समष्टि सदस्य कल्याण लामा, अभिभावक सुबोध लामा, याङडुप लामा, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार साथै रोहिनी, अम्बटे, दुधिया, गाडीधुरा, लङ्भ्यु, मकैबारी क्षेत्रका संयोजक साथै ब्लक सभापति-सचिवहरूको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement