पाल्जोर स्टेडियममा इण्डियन फुटबल अवार्ड २०२३

IMG-20230513-WA0280.jpg

वर्षको उत्कृष्ट भारतीय खेलाड़ी पुरस्कार मुम्बई एफसीका खेलाड़ी लिलनज्वाला च्यान्तेलाई प्रदान

गान्तोक: राजधानीस्थित पाल्जोर स्टेडियममा फुटबल प्लेयर्स एसोसिएशन अफ् इण्डियाले फूटबल डेभलपमेन्ट प्राइभेट लिमीटेडको पहलमा इण्डियन फुटबल अवार्डस् २०२३ को आयोजना गऱ्यो। यस कार्यक्रममा मुख्य अतिथिको रुपमा सिक्किम फूटबल एसोसिएशनका अध्यक्ष मेन्ला इतेन्पा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा भारतीय फूटबल टोलीका पूर्व कप्तान भाइचुई भुटिया, छुङछुङ भुटिया लगायत अन्यको उपस्थिति रहेको थियो।
आजको कार्यक्रममा चारवटा पुरस्कार प्रदान गरियो। वर्षको सर्वश्रेष्ठ प्रशिक्षकको पुरस्कार मुम्बई सिटी एफसीका देश बुगिङ्घामलाई प्रदान गरियो भने २३ वर्ष मुनिका उत्कृष्ट युवा खेलाड़ीको पुरस्कार बेङ्ग्लुरु एफसीका खेलाड़ी शिवशक्तिलाई प्रदान गरियो, उत्कृष्ट विदेशी खेलाड़ीको पुरस्कार जर्ज स्टेवर्टलाई प्रदान गरियो भने वर्षको उत्कृष्ट भारतीय खेलाड़ीको पुरस्कार मुम्बई एफसीका खेलाड़ी लिलनज्वाला च्यान्तेलाई प्रदान गरियो।
यो वर्षको सर्वाधिक पुरस्कार मुम्बई सिटी एफसीको झोलिमा परेको छ। यसै पुरस्कार कार्यक्रमलाई मध्य नजर गरेर सिक्किम स्टार्स अनि एफपीएआईमाझ प्रदर्शनी खेलको पनि आयोजना गरिएको थियो जसमा विभिन्न क्लबबाट आई लीग अनि आईएसएल खेलीरहेका खेलाड़ी अनि सिक्किमका एसपीएल खेल्ने खेलाड़ीहरूले खेलेका थिए। यो प्रदर्शनी खेलमा लिलनज्वाला च्यान्तेले सर्वाधिक गोल गरे।
इण्डियन फूटबल अवार्ड २०२३ सिक्किममा आयोजन गर्नपाउनु यो राज्यको निम्ति गर्वको विषय रहेको पूर्व भारतीय खेलाड़ी एवं एफडीपीएल बोर्ड मेम्बर निर्मल छेत्रीले बताएका छन्। सिक्किमले वर्तमानमा खेलको क्षेत्रमा देशमानै उदाहणीय कार्य गरिरहेको पनि उनले बताए। फूटबलको विकाशको निम्ति राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ स्वयंले क्लब कल्चरलाई बढ़ावा दिइरहेको उनले बताउँदै राज्य सरकार अनि मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *