अयोध्याः जस्टिस सुधीर अग्रवालद्वारा राम जन्मभूमि मन्दिर निर्माण कार्यको अवलोकन

फोटो स्रोत: सोसियल मिडिया

अयोध्या: जस्टिस सुधीर अग्रवालले शनिबार श्रीराम जन्मभूमि पुगेर निर्माण कार्यको अवलोकन र रामललाको दर्शन गरे। यस अवधिमा ट्रस्टका सदस्य अनिल मिश्र, विहिप नेता राजेन्द्र सिंह पकंज पुलिस अधिक्षक सुरक्षा पकंज पाण्डेय, पुजारी सन्तोष तिवारी, प्रेमचन्द्र त्रिपाठी आदि उपस्थित थिए। उच्च अदालतले सन् २०१० मा राम मन्दिर भूमि विवादमा जुन फसेला सुनाएको थियो, त्यस तीन सदस्यीय बेञ्चमा जस्टिस सुधीर अग्रवाल पनि थिए। जस्टिस सुधीर अग्रवालको रामनगरी पुग्दा मन्दिर माडल, अंगवस्त्र दिएर स्वागत गरियो। यस अवधिमा उनी निक्कै भावुक देखिए, उनले रामललाको अस्थायी मन्दिरलाई नमन गर्नका साथै तीव्रताले निर्माण भईरहेको नवीन मन्दिरलाई पनि हेरे। -हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *