पूल ब्जनबारी समष्टिमा हाम्रो पार्टीको सभा सम्पन्न

IMG-20230513-WA0246.jpg

दार्जीलिङ: कोलकोता उच्च न्यायलयको निर्देशलाई हाम्रो पार्टीको दार्जीलिङ महकुमा समितिले स्वागत जनाएको छ।पूल बिजनबारी समष्टिमा आज हाम्रो पार्टीको कर्मी सभा सम्पन्न भयो। उक्त कर्मी सभामा हाम्रो पार्टीको दार्जीलिङ महकुमा समितिको शीर्ष नेतृत्वहरूको उपस्थिति रहेको थियो। सभामा पूल बिजनबारी समष्टिको वरिष्ठ कार्यकर्ता अम्बर छेत्रीलाई केन्द्रीय कमिटिमा मनोनित गरेर पठाएका छन् अनि आजको सभामा मनोनित केन्द्रीय कमिटि सदस्य अम्बर छेत्रीलाई सम्मान साथै बधाई टक्राउने कार्य पनि गरियो। कर्मी सभापछि हाम्रो पार्टी दार्जीलिङ महकुमा समितिको प्रवक्ता राहुल गुरूङले आजको सभा प्रभावपूर्ण रहेको बताए।उनले भने, हिज शुक्रबार कोलकोता उच्च न्यायलयले प्राइमेरी स्कूलहरूमा कार्यरत् कमसेकम ३६ हजार शिक्षक एंव शिक्षिकाहरूलाई निष्कासित गर्ने निर्देश जारी गरेको छ। उच्च न्यायलयको उक्त निर्देशलाई हामी स्वागत जनाउँछौं। कोलकता उच्च न्यायलयले उक्त निर्देश गत २०१६ मा नियुक्ति पाएका शिक्षक अनि शिक्षिकाहरूको विषयमाथि सुनाई गर्ने क्रममा यस्तो निर्देश जारी गरेको हो। २०१६ मा दार्जीलिङ पार्वतीय क्षेत्रमा धेरै शिक्षक एंव शिक्षिकाहरूले नियुक्ति पाएको छ भनी बताएका छन्। यी सबै विषयहरूमा जाँच कार्य हुन अति नै जरूरी रहेको प्रवक्ता गुरूङले बताए। उनले अघि भने, प्राइमेरी स्कूलहरूमा मात्र होइन उच्च विद्यालयहरूमा पनि शिक्षक एंव शिक्षिका नियुक्ति लिएर धेरै प्रकारको चर्चा परिचर्चाहरू चलिरहेको छ। यसबारे पनि उच्च न्यायलयले अविलम्ब सुनाई गरोस् भन्ने हाम्रो चाहना छ। पहाडको हरेक स्कूलहरूमा योग्य एंव शिक्षित युवा भाइ बहिनीहरूले नियुक्ति पाएको हुनुपर्छ भन्ने हाम्रो माग छ।’
उनले योग्य एंव इमान्दार शिक्षक शिक्षिकाहरू डराउनु पर्दैन। तपाईहरूसंग आफुहरू रहेको हाम्रो पार्टी प्रवक्ता राहुल गुरूङले बताए। उनले स्पष्ट शब्दमा भने पहाडको उच्च विद्यालयहरूमा नियुक्ति पाएका शिक्षकहरूको बारेमा पनि धेरै प्रकारको चर्चा परिचर्चाहरू चल्दै आईरहेको छ। यस बारे पनि उच्च न्यायलयले अविलम्ब सुनाई गरोस भन्ने आफुहरूको चाहना रहेको प्रवक्ता गुरूङले पुनः दोहोराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *