सुके पोखरीमा क्रामाकपाको पथसभा सम्पन्न

IMG-20230513-WA0267.jpg

क्रामाकपा जनताको साथमा आएको छ र जनताको पक्षमा चौकीदार भएर काम गरिरहेको छ: अरूण घतानी

दार्जिलिङ: दार्जिलिङ क्रामाकपा जोनल कमिटीको आयोजनामा सुके बजारमा पथसभाको आयोजना गरियो। सभामा दार्जिलिङ आञ्चलिक कमिटीका सभापति कृष्णवीर राईको अध्यक्षतामा गरिएको थियो भने कमरेड अर्जुन थापाले सभालाई सञ्चालन गरेका थिए।
पथ सभालाई सम्बोधन गर्दै क्रामाकपा केन्द्रीय प्रवक्ता अरुण घतानीले भने, यो पथसभा जनतामा पुग्ने दार्जीलिङ पहाडको स्थितिमाथि जानकारी गराउने उद्देश्य मात्र रहेको छ। घतानीले सम्बोधन गर्दै भने, आज क्रामाकपा जनताको साथमा आएको छ। जनताको पक्षमा चौकीदार भएर काम गरिरहेको छ। जनताको मूलभूत समस्याहरूमाथि जनताका अधिकारहरुलाई केन्द्रीकृत गरेर उठाउने काम आज क्रामाकपाले गरिरहेको छ। क्रामाकपा पार्टी हामीसित सीमित संसाधनहरू छन्। हामीसित सीमित क्षमताभित्रै हाम्रो यो कार्यक्रमहरु गरिरहेका छौं। हामी हजारौँ रुपैयाँ खर्च गरेर जनता भेला गरेर पैसामा नचाहिँदो भीड जम्मा गरेर जनतामा जाँदैनौं। हामी जनतामा साँचो कुरा राख्नको लागि हाम्रो एउटा संगठित शक्ति नै यथेष्ट छ।’
घतानीले अघि भने, यहाँ मूल मुद्दा बेचिने कार्य हुँदैछ। यहाँ माटो बेचिने काम हुँदैछ। यहाँ पानी बेचिन्छ। यहाँ शिक्षक नोकरी बेचिन्छ। यहाँसम्म कि स्वास्थ्यकर्मी धरी बेचिन्छ। यस्तै बेचिएको यो पहाडलाई जनतालाई ढाँटेर जनताको शक्ति लिएर चौकीमा बस्नेहरुले जुन प्रकारले पहाडलाई आज तहसनहस पार्नपट्टि गईरहेको छ। त्यसबाट यो पहाडलाई जोगाउनको निम्ति दार्जीलिङलाई बचाउनको निम्ति गोर्खे जातिलाई टुक्रा-टुक्रा छिन्न-भिन्न पार्न षडयन्त्रकारीहरूको विरुद्धमा क्रामाकपाले सधैं आवाज उठाउने छ।’
सभालाई सम्बोधन गर्ने क्रममा हालै भाजपा नेता दिलिप घोषको वक्तव्यमाथि जीटीए प्रमुख अनित थापाको बयानलाई कटाक्ष गर्दै घतानीले भने, पहाडमा अहिले नकरात्मक स्थिति पैदा गरिदिएको छ। गोर्खाल्याण्ड नफल्ने वन तरुल हो। गोर्खाल्याण्ड हुन नसक्ने कुरा हो। दिलिप घोषले सत्य बोल्दैछ, दिलीप घोषले गोर्खाल्याण्ड हुँदैन भनेर एकदमै सत्य बोल्यो दिल्लीको होस् चाहिँ राम्रो नेता हो। पक्का नेता हो भन्ने दार्जीलिङ पहाडको चौकीमा बस्ने दार्जिलिङ पहाडलाई एउटा सत्ताद्वारा सञ्चालित गर्ने नेताहरुले आज राज गरिरहेको छ। यो प्रकारले जनताको भावनालाई जनताको आत्मविश्वासलाई तोडेर बंगाल सरकारको सहयोगमा सत्ता चलाउने दलहरुले अब गोर्खाल्याण्ड हुन नसक्ने रहेछ। अब गोर्खाल्याण्डको कुरा गरेर फाइदा छैन। हामीले व्यक्तिगत फाइदा हेर्नुपर्छ हामीले विकास मात्रै हेर्नुपर्छ भन्ने तत्वहरुलाई जवाब दिनकै निम्ति नै क्रामाकपा आज जनताको अघि खडा भएको छ। जनताको कुरा बोल्ने मुख भएर निस्केको छ। जनताको आवाज भएर आज क्रामाकपा खडा भएको छ। तपाइको मुखमा आएको तपाईंको मनभित्रको कुराहरु आज हामी यसरी प्रकट गरिरहेका छौं। अब यस्तो अनैतिक कार्यप्रणालीहरुलाई जनताले जवाफ दिने सही समय आएको छ। जनताको आवाजलाई दबाएर बंगाल सरकारकै खेताला गर्नेहरुलाई अब साँचो ह्रदयले क्रामाकपालाई साथ दिएर तिनीहरूको यस्तो नकरात्मक विचारहरुलाई परास्त गर्ने समय आएको छ।’
पंचायत विषयलाई लिएर घतानीले भने, अहिले पनि हामीलाई हाम्रो अधिकार दिँदैन हाम्रो अधिकारको निम्ति आन्दोलन नै गर्नुपर्छ कस्तो बिडम्बना यो देशको। जीटीएप्रति कटाक्ष गर्दै भने, कुरा सुनिन्दै छ कि पञ्चायत ल्याउने हामी हो भन्दै ढोल ढ्याङरो बजाउँदै हिड्दैछ जीटीएका कतिपय नेताहरुले। जीटीए भारतको संविधानभन्दा पनि ठूलो हो कि क्या हो भनी घतानीले ठाढो प्रश्न पनि गरेका छन्। उनले भने, पञ्चायत दिने त संविधान हो। यो पंचायत संविधानले दिएको हो यो। पञ्चायती अधिकारीदेखि बञ्चित गराउने चाहिँ बंगाल सरकार हो घतानीले जनाए। अब यो पश्चिम बंगाल सरकारबाट हाम्रो अधिकार ल्याउने काम नेताहरूको तर ल्याएको छैन ल्यायो भनेर पंचायत चुनाव गराउने निकै हो हल्ला गरिन्दै थियो। तर पश्चिम बंगालमा तृणमूल काग्रेसको हावा राम्रो छैन एउटा हवा बग्दै छ यो अवस्थामा पञ्चायत चुनाउको गरायो भने यो राज्यको आठ हजार भन्दा धेर ग्राम पंचायतहरू , बाइस तेइसवटा जिल्ला परिषद तृणमूलको हातबाट फुस्किँदैछ, यसैले अब यो पंचायत चुनाव गराइयो भने तृणमूल नांगेझार हुन्छ भनेर तृणमूलका नेता अभिषेक ब्यानर्जी लाई आज दिदीले गाउँ गाउँ डुलाउदै छिन् घतानीले भने, उत्तर बंगाल भ्रमण अवधि अभिषेक ब्यानर्जी जलपाईगुडी बाट सिधै उत्तर दिननाजपुर त्यसपछि दक्षिण दिनाजपुर, मालदा हुँदै अन्य स्थानहरुमा पुगे,तर दार्जीलिङ पहाडमा आएन, किनभने बंगाल सरकारलाई थाहा छ जति नै उसले यो पहाडमा फसल रोपे पनि यो बिरुवाले उसको लागि फल दिने वाला छैन। यो पहाडको मान्छेलाई अलग राज्य गोर्खाल्याण्ड बाहेक अरू केहीले पुग्दैन उनीहरुलाई थाहा छ। यसैले गर्दा आज बंगाल सरकारले हाम्रो क्षमता बिवेकीकरणको अधिकारलाई पनि पञ्चायती व्यवस्थामा पनि केन्द्रीकृत गर्दैछ।

आजको सभामा क्रामाकपा नारी नेत्री कमरेज सन्जिला घिसिङ, ट्रेड युनियनबाट सुनिल राई, मदन राईले पनि सभालाई सम्बोधन गरेको थिए भने क्रामाकपा महासचिव नर्बु लामाको विशेष उपस्थिति रहेको थियो साथै क्रामाकपा नेता शेखर छेत्री लगायत क्रामाकपा महापरिषद् सदस्य क्रमैले आनन्द घतानी, एसके राई, जीबी राई, सीमा घिसिङ, हेम राई, सुसन लामा साथै अन्य सदस्यहरूको पनि बस्ती रहेको जानकारी अर्पण बान्तवा राईले दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *