उडी सेक्टरमा आतङ्की घुसपैठको प्रय़ास, जूनियर कमीशन्ड अधिकारी घाइते

00-1-Rashtriya-Samachar-5

बारामूला: बारामूला जिल्लाको उडी सेक्टरमा नियन्त्रण रेखा नजिक शनिबार बिहान आतङ्कीहरूले घुसपैठको प्रयास गरे। यस अवधिमा सेनाको साथ भएको भिड़न्तमा एक जूनियर कमीशन्ड अधिकारी घाइते भएका छन्। घाइते अधिकारीलाई उपचारको निम्ति छेवैको एक अस्पतालमा लगिएको छ। रक्षा अधिकारीहरूले जानकारी गराएअनुसार, बारामूला जिल्लाको उडी सेक्टरमा भिड़न्तमा जेसीओलाई मामूली चोट लागेको छ। अधिकारीहरू अनुसार, आज बिहान सतर्क भारतीय जवानहरूले सेक्टरमा संदिग्ध हलचल देख्दा आतङ्कीहरूलाई चेतावनी दिए। त्यसपछि घुसपैठ गर्ने तर्खरमा रहेका आतङ्कीहरूले सेनामाथि गोलीबारी गरे, जसपछि भिड़न्त शुरू भयो। केही बेरसम्म चलेको गोलीबारीबीच आतङ्की पाकिस्तानी सीमामा फर्के। गोलीबारीपछि पाकिस्तानले घटनास्थलमाथि एक क्वाडडकप्टर उड़ाउने प्रयास गऱ्यो तर भारतीय सेनाको तर्फबाट गोलीबारी गर्दा त्यो तीव्र गतिमा पछि हट्यो। उनले भने, ‘क्वाडकप्टरको मुद्दा निश्चित रूपमा घुसपैठको गतिविधिहरूमा उचित सहायता प्रदान गर्नमा आतङ्कीहरू र पाकिस्तानी सेनाबीच मिलीभगतलाई उजागर गर्दछ। क्षेत्रमा तलाशी अभियान जारी छl’ यस प्रय़ासलाई यस्तो समयमा विफल बनाइयो, जब जम्मू-कश्मीरमा सुरक्षा तन्त्र हाई अलर्टमा छ, किनभने श्रीनगरले यस महिनाको अन्तमा हुने जी-२० बैठकको आतिथ्य सत्कार गरिरहेको छ। -हिस  

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *