कोलकता: १३ वर्षपछि कोलकता आएका सलमान खानले आज बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग भेट गरेका छन्। सलमान आज साँझ कालीघाटस्थित मुख्यमन्त्रीको घर पुगेका थिए। भाइजानको एक झलक हेर्न फ्यानहरूको लामो लाइन लागेको थियो। मुख्यमन्त्रीले सलमानलाई भव्य स्वागत गरेका थिए।









