दार्जिलिङ: गोरामुमो अध्यक्ष मन घिसिङद्वारा आज एक प्रेस विज्ञप्ति जारी गर्दै कर्णाटक राज्यको विधान सभा चुनावको नतिजा प्राप्त भएपछि काङ्ग्रेस पार्टीले पूर्ण बहुमत प्राप्त गरेकोमा काङ्ग्रेस पार्टीलाई बधाई अनि शुभकामना व्यक्त गरेका छन्। उनले विज्ञप्तिमा भने, ‘काङ्ग्रेस पार्टीका शीर्ष नेतृत्ववर्ग एवं सम्पूर्ण कार्यकर्ताहरुको अथक प्रयासको कारण काङ्ग्रेस पार्टी विजय बनेका छन्। यसको निम्ति म सम्पूर्ण काङ्ग्रेस पार्टीका शीर्ष नेतृत्ववर्ग अनि कार्यकर्ताहरूलाई पनि बधाई अनि शुभकामना व्यक्त गर्न चाहान्छु। कर्णाटक राज्यमा सुख, शान्ति समृद्धि अनि विकासले तीव्रता ल्याउने छ भनी विश्वास व्यक्त गर्दछु।