दार्जीलिङ: लेप्चा खेती डिभिजनमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको सभा सम्पन्न भएको छ। माल्दिराम चिया बगानको लेप्चा खेत डिभिजनमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको सभा सम्पन्न भयो। सभामा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले चिया श्रमिकहरूको पक्षमा उठाउँदै आएको कार्यहरूमाथि आस्था र भरोसा गर्दै हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको शाखा गठन गरियो। सभामा हाम्रो पार्टीको केन्द्रीय कमिटि सदस्य सुमन बम्जन विशेष रूपमा उपस्थित रहेका थिए। सभामा सर्वसहमति अनुरूप सचेन राईलाई अध्यक्ष चयन गरियो।त्यसरी नै उपाध्यक्ष रेणुका तामाङ, सचिव रितेश तामाङ, सह सचिव सरिता भूजेल, कोषाध्यक्ष ओविन्द्र तामाङलाई चयन गरिएको छ। यसको साथै कार्यकारिणी सदस्यहरूमा शुभकला सुब्बा, संजीता भूजेल, भूमिका तामाङ, ओविन्द्र तामाङ, बुद्ववीर तामाङ, नर्बु तामाङ, रोसीदा राई, मार्साङ तामाङ, कुन्ती राई, बब्लू तामाङ, नर्दीस सुब्बा, रविना भूजेल, नेमा भूजेल, नित्य तामाङ अनि सुनिल राई सामेल रहेका छन्। सभालाई सम्बोधन गर्ने क्रममा सुमन बम्जनले पहाडमा धेरै राजनैतिक दलहरूको गठन भयो अनि धेरै नेतृत्वहरू जन्मिए तर हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स मात्र एक यस्तो नेतृत्व हुन जसले आफ्नो गोजीको पैसा हालेर जनता सेवा गर्दै आई रहेको छ। अजय एडवाडर्सले आज जो राजनीति गर्दैछ त्यो जनता को हित र भलाईको निम्ति गर्दैछ तिनले अधि भने। पहाडमा धेरै यस्ता नेताहरू पनि छन् जसले सत्ता र चौकी नपाएसम्म जनहितको कुरा गर्दै हिँडेका छन्। तर सत्ता र चौकीमा पुगेपछि मान्छे नचिन्ने गरेको पनि हामीले देखेका छौं तर हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स ती नेतृत्वहरू जस्तो होइनन्,उनी सत्तामा हुँदा पनि ठीकै थियो अनि सत्तामा नहुँदा पनि ठीकै छ। सबैलाई एक सम्मानले हेर्ने गर्छन। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बाटो मात्र ३ सयभन्दा धेर खन्ने कार्य गरिसकेको छ।

यस बाहेक बिमारीहरूको उपचार,दवाई पानी, गरीब विधार्थीहरूको शिक्षा अर्जनको खर्च,गरीव परिवारहरूको निम्ति धरको ब्यवस्था, गाउँ गाउँमा सर्वजनिक भवन एंव समाज धरहरूको निर्माण गरी सकेका छन। जाति र माटोको निम्ति केही गर्छु भन्ने सोच र विचार लिएर निस्केको हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सलाई तपाई हामी सवैले साथ दिनु पर्छ,यस्तो ब्यक्ति हामीले घरी घरी पाउन सक्दैनौ बम्जनले भने। तिनले अधि भने यस क्षेत्रबाट धेरै क्षमतावान नेतृत्वहरू पनि आए तर अफसोस आजसम्म यस क्षेत्रमा गाडी कुदने बाटोको ब्यवस्था समेत छैन यो भन्दा ठूलो दुख को कुरा शायद अरू केही हुन सक्दैन।गत केही दिन अधि मात्र पार्टी अध्यक्ष अजय एडवाडर्सले तपाईहरूको यस क्षेत्रको भ्रमण गरी सक्नु भएको छ अनि तपाईहरू लाई बाटोको निर्माण गरी दिने वाचा पनि गर्नु भएको छ, अध्यक्ष अजय एडवाडर्सले बोल्छ त्यो गरेर देखाउँछ यस क्षेत्रमा बाटोको निर्माण सय प्रतिशत हुनेछ बम्जन ले भने।











