केन्द्रिय राज्य मन्त्री कुमारले गरे किताम सरकारी उच्चस्तर माध्यमिक विद्यालयको भ्रमण

si

नाम्चीः नाम्ची जिल्लाअन्तर्गत किताम सरकारी उच्चतर माध्यमिक विद्यालयमा आज केन्द्रिय सामाजिक न्याय एवं सशक्तिकरण राज्य मन्त्री डा. विरेन्द्र कुमारले भ्रमण गरे। उनकाे आगमनलाई लिएर विद्यालयले एक कार्यक्रमकाे आयाेजना पनि गरेकाे थियाे।कार्यक्रममा सम्बाेधन गर्दै मन्त्री कुमारले प्रधानमन्त्री माेदी एक भारत श्रेष्ट भारत बनाउनका लागि लागिपरेकाे बताए। हाम्राे भाषा-संस्कृति छुट्टा छुट्टै भए पनि देश एउटै भएकाे कारण हामी एउटै हाैं भन्दै उनले २८ वर्षकाे राजनीतिक जीवनमा विद्यार्थीहरूबाट यस प्रकारकाे स्वागत र सम्मान नपाएकाे बताए। भारतीय संस्कृतिका विशेषताहरू विषय बाेल्दै उनले भारतीय संस्कृतिमा वरिष्ठहरूलाई सम्मान गर्ने परम्परा रहेकाे बताए।

विद्यार्थीहरूलाई उनले लक्ष्य प्राप्त गर्न एकग्र भएर अघि बढ्नु पर्छ भने। हामीले जुन समाजमा जन्म लिएका छाैं, त्यस समाजप्रति आफ्नाे दायित्व हुन्छ भन्दै उनले विद्यार्थीहरूलाई यस दायित्वलाई लिएर अघि बढ्नु पर्ने बताए। आत्मनिर्भर भारत बनाउनका लागि सबैजना सशक्त हुनुपर्ने उल्लेख गर्दै उनले २०१४ देखि यता भारत आत्मनिर्भरतातर्फ अघि बढिरहेकाे दाबी गरे।

उनले अन्तरक्रिया सत्रमा उठेका कुराहरूकाे पनि जवाफ दिएका थिए। कार्यक्रममा विद्यार्थीवर्गले साँस्कृतिक नृत्य आदि पनि प्रस्तुत गरे। कार्यक्रमकाे अन्त्यपछि मन्त्री कुमारले किताममा निर्माण भएकाे प्रधानमन्त्री आवास याेजना, सिक्किम गरीब आवास याेजना, हेल्थ एण्ड वेलनेस सेन्टर , आगनवाडी सेन्टर र ग्राम प्रशासन केन्द्रकाे भ्रमण गरे। यस क्रममा उनले लाभार्थीहरूसँग अन्तरक्रिया पनि गरेका थिए। त्यसपछि उनले नाम्चीकाे साेलाेफाेकस्थित चारधामकाे पनि दर्शन गरे। यस अवसरमा मन्त्री सञ्जित खरेल, विधायक फर्वन्ती तामाङ, जिल्लापाल एम भरनी कुमार, एसकेएम पार्टीका उपाध्यक्ष तिलक बस्नेत, विभिन्न विभागका अधिकारीगण आदिकाे उपस्थिति रहेकाे थियाे।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *