पगलाझोडा, शिवखोला वन्य क्षेत्रमा दुर्लभ प्रजातिको चरा देखा परेको चरा विशेषज्ञहरूका भनाई

DSC_0612-.jpg

खरसाङ: दार्जीलिङ पार्वत्य अञ्चल विभिन्न प्राकृतिक सम्पदाहरूले भरिभराउ त छ नै तर यहाँको मनोरम दृश्यहरूको आनन्द लिन देश विदेशका पर्यटकहरू पनि आउने गर्छन् जसले यहाँको सम्पदाको प्रचार,चर्चा अनि प्रसिद्धिसँगै यहाँको अर्थतन्त्रलाई पनि टेवा पुर्‍याइरहेको छ। हालमा पक्षीहरूको फोटोग्राफी निक्कै चर्चाको विषय रहेको छ। युवाहरूबीच पक्षी फोटोग्राफी एउटा अवसर पनि लिएर आएको छ। पार्वत्य अञ्चलका स्थानीय चराहरू अनि अन्य प्रवासी चराहरूको फोटो खिँच्न विभिन्न ठाउँबाट फोटोग्राफरहरू आउने गर्छन्। यसै प्रसङ्गमा पगलाझोडा शिवखोला वन्य क्षेत्रमा हालै एक विरल प्रजातिको चरा देखा परेको छ। पक्षी फोटोग्राफर स्थानीय रितेश प्रधान अनि नभिनम थापाले उक्त विरल चराको तस्विर खिँचेको बताइएको छ। सेतो गाला भएको हरियो कचुवा नाम उक्त चरा भारतकै विरल प्रजातिको चराहरू हुन्। हरियो कचुवा साधारणतः यहाँ गत वर्ष पनि देखापरेको थियो तर सेतो गाला भएको हरियो कचुवा चरा उत्तर बङ्गाल मै सर्वप्रथम हुन सक्ने जानकारहरू बताउँछन्। सामाजिक सञ्जालमा उक्त चराको तस्वीर हालेपछि पक्षी फोटोग्राफरहरूको जगतमा हलचल चलेको र यस्तो प्रजातिको चरा यहाँ देखाइरहनु यहाँको जैविक विविधताको महत्वलाई पनि उजागर गरेको बताउँछन्। प्रसिद्ध पक्षी फोटोग्राफर सिक्किमका सुरज गुरुङले सामाजिक सञ्जालमा लेखे अनुसार उक्त चरा नयाँ प्रजातिको हुनसक्ने अथवा निक्कै विरल प्रजातिको हुनसक्ने भएको हुँदा त्यस चरालाई यस भेगमा देख्न पाउनु पनि सौभाग्यको विषय भएको बताएका छन्।
यीबाहेक पनि पहाडमा यस्ता अन्य थुप्रै प्रकारका चराहरू हुन सक्ने अनि यस क्षेत्रमा अझ थप खोज अनि अनुसन्धान हुनुपर्ने कुरा पक्षी फोटोग्राफर नभिनम थापा बताउँछन्। विशेष गरेर पक्षी फोटोग्राफी पहाडका स्थानीय फोटोग्राफर अनि गाइडहरूका निम्ति पनि एउटा राम्रो अवसर रहेको तथा यसका कारणले यहाँको पर्यटन, होमस्टे, चालक, गाइड, फोटोग्राफर लगायत थुप्रैलाई आर्थिक अवसर जुर्न सक्ने प्रबल सम्भावना रहेको छ।हाम्रा प्राकृतिक सम्पदाहरूको उचित संरक्षण तथा अनुसन्धान गरे यहाँको जैविक विरासत अझ धनी बन्न सक्ने विज्ञजन बताउँछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement