अप्रशिक्षित प्राथमिक शिक्षकहरूको नौकरी रद्द गरिएको विरोधमा प्रदर्शन

IMG-20230408-WA0112.jpg

सिलगढ़ीः कलकत्ता हाईकोर्टको आदेशमा राज्यका ३६ हजार अप्रशिक्षित प्राथमिक शिक्षकहरूको नौकरी रद्द गरिएको विरोधमा शनिवार सिलगढ़ीको बाघाजतिन पार्क क्षेत्रमा नौकरी गुमाउने शिक्षक र शिक्षिकाहरूले विरोध प्रदर्शन गरे। प्रदर्शनकारीहरूले हातमा प्लाकार्ड लिएका थिए, जसमा हाईकोर्टको फसेलालाई तमाशा बताइएको थियो।

प्रभावित शिक्षक र शिक्षिकाहरूले भने, नियमानुसार प्राथमिक शिक्षकको नौकरी उनीहरूले पाएका छन्। नियुक्तिपछि सबैले प्रशिक्षण पनि प्राप्त गरेका छन्। उनीहरूले हाईकोर्टको फसेलामा एक पल्ट फेरि विचार गरी न्याय दिने माग गरेका छन्।उल्लेख्य, हाईकोर्टले राज्य सरकारको स्पोन्सर्ड र सहायता प्राप्त स्कूलहरूमा नियुक्त हजारौं अप्रशिक्षित शिक्षकहरूको नियुक्ति शुक्रवार रद्द गर्ने निर्दश दिएको थियो। यस फसेलाले ३६ हजारभन्दा धेरै शिक्षक प्रभावित हुनेछन्। यी शिक्षकहरूको तय प्रक्रियाको अनुपालन नगरी नियुक्ति गरिएको आरोप छ।

About Author

Advertisement