सिलगढ़ी, ज्वेलरी दोकानमा सट्टेबाजी खेल, एक पक्राउ

IMG-20230408-WA0112.jpg

सिलगढ़ीः सिलगढ़ीको एक शपिङ मलमा अनलाइन सट्टेबाजी खेल चलाएको आरोपमा स्पेशल अपरेशन ग्रुप (एसओजी) र माटीगढ़ा थाना पुलिसले संयुक्त अभियान चलाएर एक स्वर्ण व्यवसायीलाई पक्राउ गरेको छ। पक्रा परेको स्वर्ण व्यवसायीको नाम सुन्दरलाल दुगर (५८) हो। पक्रा परेको आरोपितलाई आज सिलगढ़ी अदालतमा पेश गरिनेछ।

एसओजी टीमलाई माटीगढ़ा थाना अन्तर्गत एक शपिङ मलभित्र सुनको दोकानको आड़मा आईपीएल म्याचहरूको निम्ति सट्टा लगाउने धन्धा चलिरहेको गुप्त सूचना प्राप्त भयो।सूचनाको आधारमा हिजो राति माटीगढ़ा थानाको मद्दतले उक्त शपिङ मलमा अभियान चलाइयो।

यस अवधिमा शपिङ मलभित्र एक ज्वेलरीको दोकानमा छापामारी गरियो। दोकानभित्र पुलिसले कम्प्यूटर, ल्यापटप, मोबाइल सहित लाखौं रूपियाँ नगदी जफत गऱ्यो। जानकारी अनुसार, आईपीएलमा सट्टा लगाउनका लागि अनलाइन आईडी र पासवर्ड दिइन्थ्यो। पुलिस अघिको कारबाहीमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement