खरसाङ: खरसाङ बजारलाई प्लास्टिकमुक्त बनाउन अब खरसाङमा आगामी १ जुलाईदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्द लगाउने खरसाङ नगरपालिकाले निर्णय गरेको छ। यसको लागि आज खरसाङ नगरपालिकाको आयोजनामा प्लास्टिकमुक्त खरसाङ बजार बनाउनलाई सचेतना रैली आयोजना गरिएको छ। उक्त सचेतना रैली खरसाङको रेलवे स्टेशन परिसरबाट शुरु भएर खरसाङ बजार परिक्रमा गरेर मोटर स्ट्याण्डमा आएर समाप्त भएको छ। छ। उक्त रैलीमा खरसाङ नगरपालिकाले भाइस चेयरम्यान सुवास प्रधान, नगरपालिकाको कार्यकारी अफिसर रामकृष्ण दत्त, वृत्त अफिसर पासाङ याङ्जी शेर्पा, सेनिटेरी इन्स्पेक्टर रमेश सुब्बा, विद्युत विभागीय प्रभारी शुभ्र रुम्बा लगायत खरसाङका विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू र विभिन्न विद्यालयहरूका विद्यार्थीहरू उपस्थित रहेका थिए। ख रसाङ बजारलाई प्लास्टिकमुक्त बनाउन आगामी १ जुलाईदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्द लगाउने र आजको सचेतना रैली विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले खरसाङ शहरलाई सुन्दर र स्वच्छ बनाउनलाई जनताको पनि योगदान रहन्छ भन्दै अब हामी खरसाङ बजारलाई स्वच्छ र प्रदुषणमुक्त बनाउन प्लास्टिकको प्रयोग बन्द गर्न गईरहेको बताए। उनले प्लास्टिकमुक्त खरसाङ बजार बनाउनलाई साथै प्लास्टिकबाट हुने प्रदुषणलाई हटाउन हामीले धेरै परियोजनाहरू लिएर आएका छौं भन्दै हामी सोलिड वेस्ट म्यानेचमेन्टको माध्यमले धेरै कार्यहरू गर्ने योजना रहेको बताएका छन्। सुवास प्रधानले प्लास्टिकमाथि सचेतना रैली विषयमा बोल्दै आजको रैली संघ संस्थाहरू र विद्यार्थीहरूलाई लिएर गरिएको बताए। उनले खरसाङ शहरलाई प्रदुषणमुक्त बनाउनलाई नगरपालिकाले लागातार रुपमा कार्य गर्दै आईरहेको र अब प्रत्येक दोकानमा प्लास्टिकको प्रयोग बन्द गर्नुपर्छ किनभने प्रत्येक झोड़ा नालामा पानी बग्नु छोड़ेर घरभित्र प्रयोग गरिएको प्लास्टिकको सामानहरू हुने गरेको र अब खरसाङ बजारमा प्लास्टिक प्रयोग बन्द गर्नुपर्छ भनी बताएका छन्। नगरपालिका उपाध्यक्ष सुवास छेत्रीले अाजको रैलीमा उपस्थित सबैलाई खरसाङ नगरपालिकाको तर्फबाट सबैलाई धन्यवाद दिएका छन्।