राजाभातखावामा श्री श्री रविशंकरको ६७औँ जन्म जयन्ती पालन

f1dfa19c-4c73-42b6-937f-df28a1b659f6

कालचिनीः शनिबार कालचिनी खण्डको राजाभातखावा स्थित श्री श्री गौशाला परिसरमा दी आर्ट अफ लिभिङको संस्थापक अनि अध्यात्मिक गुरुदेव श्री श्री रविशंकरको ६७औँ जन्मदिन आर्ट अफ लिभिङ एवम् वाईएलटीपी समूहद्वारा अध्यात्मिक प्रणालीमा पालन गरीएको जानकारी आर्ट अफ लिभिङ एवम् वाईएलटीपीका अलिपुरद्वार जिल्ला प्रमुख रामकुमार लामाले दिएका छन्।
सो अवसरमा विशिष्ट अतिथिहरूमा अलिपुरद्वार रेड क्रस सोसाइटीका सचिव तथा विशिष्ट समाजसेवी सपन आचार्य भादुड़ी लगायत आर्ट अफ लिभिङको एपेक्स मेम्बर तथा बुन इङ्गलिस स्कूलका चेयरम्यान पवनकुमार सिंह झाँ, समाजसेवी प्रल्हाद लामा, सृजनशील समूहको सचिव चन्दन भट्टराई एवम् अन्यान्य अतिथिहरूको उपस्थिति रहेको थियो।
गुरुदेव श्री श्री रविशंकरको प्रतिकृतिमा धुपदीप प्रज्वलन साथै वाईएलटीपी सदस्यहरूले गुरु वन्दना, भजन औ सत्संगको आयोजना गरेको थियो भने समारोहमा आउने सबैलाई प्रसाद र भोजनको व्यवस्था गरिएको थियो। आर्ट अफ लिभिङ तथा वाईएलटीपी अलिपुरद्वार जिल्ला प्रमुख रामकुमार लामाले शनिबार गुरुदेव श्री श्री रविशंकरको जन्मदिन पालन गरिएको र यहाँ मात्र नभएर विश्वको १८० भन्दा अधिक देशहरूमा श्री श्री को जन्म जयन्ती पालन भईरहेको साथै अलिपुरद्वार जिल्लाको जयगाउँ, बुखिमबारी, कुमारग्राम एवम् विभिन्न ठाउँहरूमा नै गुरुदेवको जन्मदिन पालन भइरहेको जनाएका छन्। मूलतः विगत एक सप्ताह भन्दा अधिक समयदेखि श्री श्री गौशालामा वाईएलटीपी कोर्स चलिरहेको र आज गुरुदेवको जन्मदिनमा सबैलाई निम्ताएर समारोह आयोजन गरिएको बताउँदै वर्तमान युवा पीढिलाई कुबाटो र कुलतबाट टाढ़ा राख्न आर्ट अफ लिभिङ तथा वाईएलटीपीको पक्षबाट योग शिक्षा र अध्यात्मिक शिक्षाको संयुक्त सम्प्रेषण गर्दै लगिरहेको र धेरै कुलतले जीवनको लक्ष्य भूलेका युवाहरूलाई नयाँ जीवन दिन प्रयास चलाइरहेको पनि रामकुमार लामाले थप जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *