दुईवटा बाइसन गाउँभित्र पस्दा खैलाबैला

617358fd-6853-4cdc-838d-55cba531b68c

कालचिनीः शनिबार बिहान कालचिनी खण्डको पूर्व साताली बानियापाड़ा बस्तीमा चीलापाता जङ्गलबाट दुईवटा बाइसन (इन्डियन गौढ़) पसेर यताउता दौड़ी रहँदा सम्पूर्ण गाउँभरी नै आतङ्क मच्चिएको थियो। बाइसन गाउँको खेतबारी, गुवाबारी, र घर आँगनमा यसरी जताभावी दौड़ लगाउँदा भाग्यवश कुनै गाउँलेहरू हताहत भएनन्।
घटनाको जानकारी पाएर मन्थराम बीट लगायत हेमिल्टनगञ्ज रेञ्जका बनकर्मीहरू पुगेर एउटा बाइसनलाई जङ्गलतर्फ धपाउन सफल भए तापनि अर्को एउटा बाइसन भने गाउँको गुवाबारीभित्र बसिराखेको थियो। बनकर्मीहरूले धेरै प्रयास गरेपश्चात ट्र्यान्कुलाइज गरेर पछि अर्को बाइसनलाई पनि कोर जङ्गलमा लगेर छोड़ी दिएको बन विभागले जनाएका छन्। गाउँलेहरूले बताएअनुसार कसैलाई कुनै प्रकारको शारीरिक हानी नपुऱ्याएता पनि गाउँमा आतङ्क मच्चिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *